१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको नवौँ अधिवेशनको आठौँ बैठक आज बस्ने भएको छ ।  संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो २ बजे बैठक बस्ने तय गरिएको छ । 

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको जनाइएको छ ।

आजै राष्ट्रियसभाको बैठक पनि बस्दै छ । राष्ट्रियसभाको बैठक बिहान ११ बजे बस्ने तय छ ।