गोरखा । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गोरखा जिल्लाको पालुङटार नगरपालिकाको नगरप्रमुख पदमा नेकपा (एमाले) ले जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवारलाई सहयोग गर्ने भएको छ ।
त्यस्तै सोही नगरपालिकाको नगर उपप्रमुख पदमा जसपाले एमालेका उम्मेदवारलाई सहयोग गर्ने दुवै दलबीच सहमति भएको छ ।
मङ्गलबार भएको सहमतिबमोजिम वार्ड तहमा वडा नं ६, ७ र १० मा एमालेका उम्मेदवारलाई र वडा नं ४ र ५ मा जसपाका उम्मेदवारलाई सहयोग गर्ने निर्णय भएको छ । दुवै दलबीच जिल्लाका अन्य पालिका र वडाहरुमा पनि एकापसमा सहमति गरी निर्वाचनमा जाने निर्णय भएको छ ।










