२४ भाद्र २०८३, बुधबार
,
Latest
आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला ‘सुशासन र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता स्थापित गर्न काँग्रेस आउनुपर्छ भन्ने जनमत बढ्दैछ’- प्रकाशमान सिंह ‘जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्यो, नेपाललाई जोगाउन विश्वव्यापी अभियान आवश्यक’- देउवा आधा जितिसक्यौँ, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले पाउँछौँः देउवा सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले स्थायी कमिटी बैठक बस्दै



अ+ अ-

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ । बैठक  ११ बजे तुलसीलाल अमात्य प्रतिष्ठान ललितपुरमा बस्ने भएको हो । 

बैठकमा १० बुँदे सहमति कार्यान्वयनमा भइरहेको प्रगति, विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधि लगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

नेकपा एमाले जेठ २ मा फर्कने १० बुँदे सहमति भए पनि उक्त सहमति कार्यान्वयन नभएको भन्दै केही नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । ‘१० बुँदेमा आएका प्रश्न र प्रतिनिधिबारे छलफल हुन्छ,’ स्थायी कमिटी सदस्य सुवास नेम्वाङले भने, ‘१० बुँदेबारे सामान्य छलफल हुन्छ ।’ 

आइतबार सम्पन्न भएको केन्द्रीय कमिटी बैठकमा समेत उपाध्यक्ष रावल लगायतका नेताहरूले १० बुँदे कार्यान्वयन नभएको भन्दै स्पष्ट पार्न माग गरेका थिए । साथै उनीहरूले केन्द्रीय कमिटीकै बीचमा स्थायी कमिटी बैठक राखेर स्पष्ट पार्न माग गरेका थिए । तर, अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटी बैठकपछि स्थायी कमिटी बैठक राखेर १० बुँदे कार्यान्वयनमा आएको समस्याबारे छलफल गर्न सकिने बताएका थिए । सोही अनुसार आज स्थायी कमिटी बैठक बोलाइएको हो ।