२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काम दिनेलाई मात्र भोट दिने धादिङका चेपाङ समुदाय



अ+ अ-

धादिङ । गाउँमा खानेकुराको समस्या छ । बारीमा लगाइएको मकै पाक्न समय लाग्छ । बढीमा एक डेढ रोपनी खोरियाबारी हुने चेपाङहरुको अवस्था अहिले पनि हरेक वर्ष बाँच्नका लागि कठिन सङ्घर्ष गरिरहनुपरेको छ ।

बेनिघाटरोराङ गाउँपालिकामा शिक्षण पेशामा संलग्न तिलक चेपाङले यो समुदायको अवस्था बताउँदा भावुक हुनुभयो । आफूले अध्ययन गर्न सकेका कारण शिक्षक भए पनि ९५ प्रतिशत चेपाङको अवस्था कठिन छ । घरमा खानेकुराको अभावले गर्दा बालबालिकामा कुपोषणको समस्या छ । आमाबुबा ज्यालाको खोजीमा घरबाट निस्केपछि दुई/चार दिन आउँदैनन् । छोराछोरी कन्दमूल खोज्न जङ्गलतिर जान्छन् ।

खाजा कार्यक्रम सञ्चालन भएको विद्यालयमा खाजाको भरमा जीवन चलाइरहेको महादेवस्थानका १४ वर्षीय सन्तोष चेपाङले बताउनुभयो । स्थानीय सरकारले समेत दिगो विकासका कुनै पनि कार्यक्रम ल्याउन नसकेको गजुरीका शिक्षक कृष्ण चेपाङको भनाइ छ ।

चुनावमा भोट हाल्नसमेत कठिन हुने ब्रुसबाङका महिला तथा वृद्ध गाउँमा भोट माग्न आउँदा सबै काम गर्छु भन्नेहरु चुनावपछि विकास चहियो भन्दासमेत बेवास्ता गर्ने गरेको विष्णु चेपाङको गुनासो छ । खानेपानी, स्वास्थ्य, शिक्षा, तथा सबै किसिमको अवसरबाट परिरहेको ब्रुसबाङमा यस पटक नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले)का उम्मेदवार भोट माग्न गए । धादिङको दक्षिणी क्षेत्रका चेपाङ समुदाय भोट त हाल्छन् तर जहिले भोट हाले नि राहतको लागि काम गर्ने र समुदायलाई विकासमा सहभागी नगराउँदा पछि परेको बताउन थालेका छन् ।

गजुरी र बेनिघाटरोराङ गाउँपालिकामा मुख्य बसोबास भएका चेपाङ समुदायको अवस्था यसअघिका धेरै चुनाव आएर गए पनि फेरिन सकेको छैन । पहिले जस्तो अवस्था अहिले नरहेको र केही खुवाएर मात्र अब भोट नआउने अवस्था रहेको सामाजिक क्षेत्रमा काम गर्दै आउनु भएका उद्धव चेपाङको भनाइ छ । चेपाङ समुदायको दिगो विकासका लागि दीर्घकालीन योजना ल्याउन उनीहरुको माग छ । खासगरी काम र जीवीकोपार्जनका योजना ल्याउन उनीहरुको माग छ ।