२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखामा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप



प्रतीकात्मक तस्बिर
अ+ अ-

गोरखा । गोरखाको आरुघाट गाउँपालिका-१ मान्बुमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ ।

गएराति चुनाव प्रचारप्रसारबाट फर्किँदै गर्दा स्याम्चेत भन्ने ठाउँमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको हो ।

झडपमा एमाले कार्यकर्ता गोपाल लामा, विक्रम लामा, विर्खे लामा र राजुबहादुर लामा घाइते भएका छन् ।

घाइतेमध्येका गोपाल लामा र विक्रम लामाको आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरु दुवैको आँखा र टाउकोमा चोट लागेको बताइएको छ ।

झडपमा संलग्नहरु फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।