२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिनायकवादी एमालेलाई भोट नदिन सुनिल थापाको अपिल



file photo
अ+ अ-

धनकुटा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनीलबहादुर थापाले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनकुटामा अधिनायकवादी नेकपा (एमाले) लाई भोट नदिन अपिल गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट नेपाली कांग्रेस प्रवेश गरेका उनले धनकुटाको चुनावी सभामा धनकुटामा गठबन्धनका उम्मेदवारलाई भोट दिन आग्रह गरे ।

धनकुटामा पाँच दलीय गठबन्धनको नेतृत्व गरेका नेता थापाले एमालेको अधिनायकवाद र गणतन्त्र तथा संविधानविरोधी षड्यन्त्रलाई परास्त गर्न गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

धनकुटामा यसअघिको निर्वाचनमा क्लिन स्विप गरेको एमालेले छिन्ताङ काण्डका शहीदको परिवारको भावनामाथि खेलबाड गरी राजनीति गरेको आरोप लगाए ।