• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

नेपालको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय प्रधानमन्त्री मोदी अवतरण नगर्ने



file photo

काठमाडौँ । बुद्ध जयन्तीको अवसर पारेर नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गर्ने छैनन् ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ किलोमिटर टाढा रहेको लुम्बिनीमा प्रधानमन्त्री मोदीको हेलिकप्टर सिधै जानेछ । प्रधानमन्त्री मोदी लुम्बिनी जाँदा सो विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् ।

करिब १० वर्षमा करिब ४० अर्ब नेपाली रुपैयाँमा निर्माण भएको यो अन्तर्राष्ट्रिय विमानस्थलले बर्सेनि १० लाख यात्रु ओसारपसार गर्ने क्षमता राखे पनि राम्रोसँग बजारीकरण हुन सकेको छैन ।

प्रधानमन्त्री मोदीका लागि लुम्बिनीमा हेलिप्याड बनाइएको छ । प्रधानमन्त्री मोदीले लुम्बिनीमा अन्तर्राष्ट्रिय ध्यान केन्द्रको उद्घाटन गर्नेछन् । प्रधानमन्त्री मोदी र देउवाले बौद्ध विहारको पनि शिलान्यास गर्ने कार्यक्रम छ ।

नेपाली विमानस्थल गोरखपुर एयरबेस नजिकै

बुद्ध सर्किटको प्रवद्र्धनमा नेपाल र भारतबीच कहिल्यै सहमति हुन सकेको छैन । भारतले अर्बौं डलरको बुद्ध सर्किट बनाउने योजना अघि सारे पनि यो योजना सफल हुन सकेको छैन ।

विश्वमा बुद्ध धर्म मान्ने ४५ देखि ४८ करोड मानिस छन् र भारत र नेपाल दुवैको नजर उनीहरुमाथि छ ।

नेपालको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भारतीय वायुसेनाको गोरखपुर एयरबेस नजिकै रहेको र यही कारणले गर्दा भारतले भैरहवा र नेपालगन्ज नजिकैको हवाई क्षेत्र खोल्न बेवास्ता गरिरहेको छ । नवभारत टाइम्सबाट