२४ भाद्र २०८३, बुधबार
,
Latest
गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्दियामा चितुवाको आतङ्क, खोरभित्र पसेर मारिदियो २१ वटा खसी-बाख्रा



अ+ अ-

काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका वडा नं. ५ मा गएराति चितुवाले एक कृषि पशुपंक्षी तथा बाख्रा फार्मभित्र पसेर २१ वटा खसी बाख्रा मारिदिएको छ। फार्म सञ्चालक चन्द्रकान्त पौडेलको फार्मभित्र पसेर चितुवाले सात वटा खसी, एउटा राजस्थानी बोका, सात वटा माउ बाख्रा र अन्य पाठापाठी गरी २१ वटा मारेको उनले बताएका छन् । 

त्यति धेरै क्षति कम्तीमा दुई तीन वटा चितुवाले गरेको अनुमान फार्म सञ्चालक पौडेलले गरेका छन् ।  पौडेलले एक महिना अगाडिमात्रै बाख्रा त्यो खोरमा सारेको बताए। खोरदेखि उनको घरको दूरी करिब तीन सय मिटरमा रहेको छ । 

पौडेलका अनुसार झन्डै तीन लाख बराबरको खसी बाख्रा चितुवाले मारेको छ ।