२१ मंसिर २०८२, आईतवार
,
Latest
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्रीले नै आफ्नो प्रदेशको नाम भुलेपछि …



अ+ अ-

काठमाडौं ।एक मुख्यमन्त्रीले आफ्नै प्रदेशको नाम विर्सिएका त होइनन् भन्ने आभास उनको विज्ञप्ति हेर्दा भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतद्धारा आज मंगलबार जारी विज्ञप्तिमा त्यस्तै देखिएको छ ।

उनले आज सीता जयन्तीको शुभकामना विज्ञप्ति प्रकाशन गरेर दिएका छन् । माता जानकीका नामबाट पनि चिनिने सीता माताको जन्मस्थल जनकपुर यसै प्रदेशमा पर्ने भएकाले मधेश प्रदेशका मुख्यमन्त्रीले शुभकामना दिनु अत्यन्तै सान्दर्भिक हो । उनले राम्रो काम गरेका छन् ।

तर उनले आफैले हस्ताक्षर गरेर जारी गरेको विज्ञप्तिमा भने मधेश प्रदेश नभनेर २ नम्बर प्रदेश भन्ने उल्लेख छ । उनले एक वाक्यमा सो उल्लेख गरेका छन् ।

सायद यो प्रदेशको नामकरण धेरै पछि भएर उनी झुक्किएका पनि हुनसक्छन् । तर यो ओहोदाको व्यक्तिले जारी गर्ने सूचना या विज्ञप्तिप्रति सम्बद्ध व्यक्ति आफैँ र उनको सचिवालय पनि सजग भइदिए राम्रो हुने हो ।