• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

१३ औं सागकी स्वर्णपदक विजेता सन्जुले गरिन् आत्महत्या



काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्न सफल भारोत्तोलन खेलाडी सन्जु चौधरीले आत्महत्या गरेकी छिन् ।

सागमा सन्जुले महिला ५९ केजी तौल समूहमा श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेकी थिइन् ।

प्रशिक्षणकै क्रममा केहि दिन यतादेखि ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी उनी बिहान ५ः३० बजे मृत अवस्थामा फेला परेकी थिइन् ।

सञ्जु सुतेको ढोका भित्रबाट चुक्कुल लगाइएको र झ्यालमा ग्रिल लगाइएको छ ।

सञ्जुको काका-काकीको रोहबरमा मुजुल्का उठाउन काम भइरहेको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।