२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकामा हिंसा भड्कियो, प्रधानमन्त्रीकाे घरमा आगजनी, गोली लागेर सांसदको मृत्यु



अ+ अ-

काठमाडौँ । आर्थिक संकटले समस्याग्रस्त बन्दै गएको श्रीलंकामा हिंसा भड्किएको छ । यहाँ सरकारका विरुद्धमा नागरिकहरु सडकमा ओर्लिएका छन् । उनीहरुले प्रधानमन्त्री तथा मन्त्रीहरु र सरकारी अधिकारीहरुलाई लक्ष बनाएका बताइएको छ ।

राजनीतिक तथा आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा आन्दोलन जारी रहेको र सोमबारदेखि हिंसात्मक झडप भएका छन् । प्रदर्शनकारीले राष्ट्रपति गोटाबाय राजापाक्षे र उनका दाइ तथा श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेका अभिभावकको स्मारक भत्काइदिएका छन् । प्रधानमन्त्री राजापाक्छेले भने सोमबार राजीनामा दिएका थिए । तर प्रधानमन्त्रीकै भाई राष्ट्रपति गोटाबाय राजापाक्छेले उनको राजीनामा स्वीकृत गरेका छैनन् ।

प्रदर्शनकारीले राजधानी कोलम्बोबाट करिब २५० किलोमिटर टाढा रहेको राजपाक्षे परिवारको घरमा आगजानी गरेका प्राप्त समाचारमा जनाइएको छ । तीब्र विरोधबीच यसअघि प्रधानमन्त्री राजापाक्षेले सोमबार दिउँसो पदबाट राजीनामा दिएका थिए ।

उता प्रदर्शनकारीले तीन पूर्वमन्त्री र दुई जना सांसदको घरमासमेत आगजनी गरेका छन् । मंगलबार पनि बिहानैदेखि झडपहरु सुरु भएका छन् । झडपमा परेर सत्तारुढ दलका सांसदको मृत्यु भएको छ । झडपमा सांसद अमरकिर्थी अथुकोरालाको मृत्यु भएको हो । सरकार विरोधी प्रदर्शनमा सांसद अमरकिर्थीले नै गोली चलाएको बताइएको छ ।