६ श्रावण २०८३, बुधबार
,
Latest
सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोल्टीमोडमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु



अ+ अ-

काठमाडौँ । काठमाडौँको सोल्टीमोडमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

काठमाडौँको नागार्जुन नगरपालिका–४ सोल्टीमोडस्थित सडकमा बा९४प ८६७६ नंको स्कुटर र ना५ख १९०९ नंको ट्रक ठोक्किँदा स्कुटरमा सवार कीर्तिपुर नगरपालिका–२ ट्याङ्लाफाँट बस्ने ६२ वर्षीय विमलादेवी भट्टराईको आज बिहान मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भट्टराईको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटनामा स्कुटर चालक भने घाइते भएका छन् । घाइते स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।