• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट ★   न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक– तस्बिरहरू ★   ६ एसएसपीको सरुवा, काठमाडौं प्रमुखमा को आए ? ★   अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन गृह मन्त्रालयको निर्देशन ★   सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाइँदै ★   प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट ★   कीर्तिमानी कोहलीः १० सिजनमा ४०० भन्दा बढी रन बनाउने पहिलो ब्याट्सम्यान ★   आईपीएलमा आज: बलियो कोलकाता र पञ्जाब खेल्दै ★   सालझण्डी–ढोरपाटन सडकमा ढिलासुस्ती ★   न्युरोडबाट एक केजी भन्दा बढि सुन र डेढ करोड रकमसहित ७ जना पक्राउ

नेप्से परिसूचक १२.२७ अंकले वृद्धि



काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ ।  साताको पहिलो कारोबारको दिन आइतबार १७.९५ अंक बढेको नेप्से सोमबार पनि निरन्तरता दिएको हो । सोमबार नेप्से परिसूचक १२.२७ अंक बढेर २२६८.८४ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.१२ अंक, फ्लोट इण्डेक्स ०.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९४ अंकले बढेको छ ।

सोमबार कारोबारमा आएका २२२ कम्पनीको ३३ लाख २४ हजार कित्ता शेयर १ अर्ब ३९ करोड ६ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार १ अर्ब ३२ करोड ६४ लाख २१ हजार रुपैयाँ बराबर भएको थियो । आइतबारको तुलनामा सोमबार कारोबार रकम पनि सामान्य वृद्धि भएको छ ।

नेप्सेका १३ वटा उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा व्यापार उपसमूह सबैभन्दा बढी १.७४ प्रतिशत बढेको छ । त्यस्तै, लघुवित्त उपसमूहको परिसूचक १.३३ प्रतिशतले वृद्धि भएको छ । बैंकिङ्ग, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन , जलविद्युत, अन्य उपसमूह र वित्त उपसमूहको परिसूचक ० प्रतिशत भन्दा बढीले बढेको छ । तर यता जीवन बीमा, होटल तथा पर्यटन, विकास बैंक र लगानी उपसमूहको सुचकमा गिरावट आएको छ ।

सोमबार जाल्पा लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, महुली लघुवित्तको शेयरमूल्य ७.७७ प्रतिशत बढेको छ । यता हिमालयन उर्जा विकास कम्पनी, स्वरोजगार लघुवित्तको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले गिरावट आएको छ ।

सोमबार कारोबार रकमका आधारमा ७ करोड ८३ लाख ५३ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ । एनआईसी एशियाको ५ करोड ४ लाख रुपैयाँ शेयर कारोबार भएको छ ।