२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीर अस्पताललाई दुईवटा मेसिन उपलब्ध गराइयो



फाईल फोटो
अ+ अ-

काठमाडौंको ईश्वर मन्दिर नामक एक सामाजिक संस्थाले दुई वटा इलेक्ट्रो लाईट एनलाईजर वीर अस्पताललाई उपलब्ध गराएको छ ।

सोमबार एक कार्यक्रममा बीच संस्थाका प्रमुख संरक्षक एवम् पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले रगत परीक्षणका लागि अतिउपयोगी हुने सो मेसिन अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतलाई हस्तान्तरण गर्नु भएको हो ।

अमेजिन प्यारेन्स भन्ने अष्ट्रेलियामा रहेको एक संस्थाले उपलब्ध गराएको सो मेसिन गरिव र असहायहरुले उपचार गरिरहेको वीर अस्पताललाई उपलब्ध गराइएको संस्थाका प्रमुख संरक्षक कोइरालाले बताउनु भयो ।

यता, अस्पतालका निर्देशक बस्नेतले गरिवीको जीवन रक्षाका लागि अति आवश्यक मेसिन उपलब्ध गराएको भन्दै संस्थाप्रति आभार व्यक्त गर्नु भयो । सो संस्थाले नेपालको शिक्षा, स्वास्थ्य र भूकम्पपछिको पुनर्निर्माणमा काम गर्दै आएको बताइएको छ ।