• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

बेइजिङमा शुन्य–कोभिड नीति : घरमै बसेर कोभिडको प्रकोपलाई रोक्ने प्रयास



बेइजिङ । चीनको राजधानी बेइजिङमा कोभिड–१९ को प्रकोपलाई रोक्ने प्रयास क्रममा सोमबार लाखौं मानिस घरमै बसेका छन् । बेइजिङका बासिन्दाहरु चाँडै नै उही कठोर उपायहरूको चपेटामा पर्न सक्ने त्रासमा रहेका बताइएको छ । हाल सांघाई शहरमा २ करोड ५० लाख व्यक्ति धेरै हप्तासम्म घरमा नै फसेका छन् । अझै पनि सांघाई शहरमा तालाबन्दी तीव्र भएको छ ।

पूर्वी पावरहाउस श्ँहरले महामारी सुरु भएदेखि नै चीनको सबैभन्दा खराब प्रकोपविरूद्ध आफ्नो लडाई जितेको त्यहाँका अधिकारीहरुले बताएका छन् । बेइजिङले हालैका हप्ताहरुमा कोरोना संक्रमणका सयौं व्यक्तिहरु भेटिएका छन् । सोमबार बेइजिङ्मा ४५ जना नयाँ कोभिड–१९ संक्रमण पुष्टि भएको छ । यो अपेक्षाकृत सानो संख्या हो । तर प्रतिबन्धहरु हलचल गर्न पर्याप्त भएको बताइन्छ ।

चीनमा ओमिक्रोन भेरिएन्टको वृद्धि भएको असर सांघाई शहरमा अत्याधिक रुपमा परेको जनाइएको छ । यस शहरमा कोरोना सक्रमणको कारण ५०० भन्दा बढीको मृत्यु भएको आधिकारीक तथ्याङ्कले जानकारी दिएको छ ।