१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल

बीउ र बजारको अभावले घट्दैछ ओल खेती

बीउ र बजारको अभावले घट्दैछ ओल खेती
अ अ+ अ-

काठमाडौँ । बजारको अनिश्चितता तथा बीउ–बिजनको समस्या लगायत विविध कारण ओलको व्यावसायिक खेती गर्ने किसानको संख्या घट्दै गएको छ ।

घरमै तरकारी–अचार खानेगरी पुस्तैनी रूपमा ओल लगाउने चलनलाई किसानले निरन्तरता दिएपनि व्यावसायिक खेती गर्ने किसानको संख्या घट्दै गएको हो । विभिन्न पौष्टिक तत्वहरुले भरिपूर्ण ओलको खेती गर्न अरू बाली लगाउन जस्तो मेहनत लाग्दैन । न त किरा लाग्ने डर, न मल अभावको चिन्ता । तर बीउ नपाउने समस्याबाट आजित बनेका किसान ओल खेती बिस्तार गर्नबाट वञ्चित भएका हुन् । किसान विद्यानन्द साह र डिल्लीप्रसाद मेहता अरु खेती भन्दा सहज ओल खेतीमा भएपनि बीउ बिजनको अभावका कारण बिस्तारै खेती कम हुँदै गएको बताउनु भयो ।

ओल खेती गर्दा औषधि र कुनै विषादीको पनि प्रयोग गर्न नपर्ने र मेहनत पनि कम लाग्ने बताउनु भयो । ओल भोज भतेरमा तरकारी, अचार बनाएर खाने गरिएको बताउनु भयो । ओलबाट विभिन्न पौष्टिक तत्व पाइने बताउनु भयो । ओल रोप्ने समय भनेको माघदेखि फागुन अन्तिमसम्म हो । माटोमुनि फल्ने कन्दमुलका रूपमा चिनिने ओल वर्षायाम अर्थात असार, साउन र भदौ महिनामा खानयोग्य हुन्छ । ओलले गाउँघरमा वर्षायाममा तरकारीको अभाव टार्ने काम मात्र गर्दैन, स्वाद, सुगन्ध र पौष्टिक गुणले गर्दा ओल एक लोकप्रिय साकाहारी खानेकुरा बनेको छ । तराई समुदायमा परम्परागत भान्सा र व्यञ्जनमा ओलको महत्वपूर्ण स्थान छ ।

परम्परागत तरिकाले सानो क्षेत्रफलमा ओलको खेती गरिरहेका किसानले बीउ नपाउने समस्याले गर्दा यसको खेती बिस्तार गर्न नपाएको गुनासो गरेका छन् । समयमै उत्पादन गर्नसक्दा स्थानीय बजारमा ओलले राम्रो भाउ पाउने थाहा हुँदाहुँदै पनि ओल खेती बिस्तार गर्न नसकेको दुखेसो किसानको छ । किसान रामेश्वर मेहताले ओल खेती लगाउँदा बीउ समयमा नपाउने गरेको बताउनु भयो । सर्लाही जिल्लातिरबाट ल्याएर किसानहरुलाई वितरण गर्ने गरिएको बताउनु भयो । ओल खेती बेमौसमी हुने भएकाले असार, साउन र भदौमा तरकारीको अभाव हुँदा किसानलाई लाभ हुने बताउनु भयो ।

ओलको व्यावसायिक खेतीका लागि पुँजीगत लगानी, प्राविधिक ज्ञान र सीप आवश्यक पर्छ । त्यसबाहेक राम्रो बजार पहुँच र व्यावसायिक योजना पनि महत्वपूर्ण हुन्छन् । तर व्यवस्थित तरिकाले ओल खेती गरेमा यसबाट राम्रो आम्दानी लिन सकिन्छ । यी सबै कुराको ज्ञान किसानलाई दिने गरेको हरिनगर गाउँपालिकाले ओलको बिउ वितरण गरी यसतर्फ आकर्षित गर्ने अभियानलाई निरन्तरता दिइरहेको छ । तथापि पर्याप्त बीउ नपाएका कारण किसानले चाहेअनुसारको परिमाणमा यसको बीउ बाँड्न नसकेको हरिनगरका कृषि शाखा प्रमुख रमेश न्यौपानेको भनाइ छ । उहाँले किसानहरुलाई ओल वितरण गरेर खेती गर्नेबारेमा तालिम समेत दिइएको बताउनु भयो ।

ओल बलौटे माटोमा ओल उत्पादन राम्रो हुन्छ भने कम्पोष्ट मलले ओलको गानो विकासमा महत्वपूर्ण भुमिका खेलेको हुन्छ । तथापि भारतमा उत्पादन भएका ओल सुलभ मूल्यमा नेपालका बजारहरूमा भित्रिँदा स्वदेशमा उत्पादित ओल नेपालीको भान्सामा पुग्न कठिन छ । ओल खेती विज्ञ तथा किसान मनोजकुमार सिंहले बजारको समस्या मुख्य चुनौति रहेको बताउनु भयो ।

पहिले–पहिले तराईका विभिन्न स्थानमा ओलखेती गरेर मनग्य आम्दानी गर्ने किसानको संख्या धेरै थियो । तर बीउ भण्डारण गर्न कठिनाइले गर्दा बीउको पर्याप्तता नहुनु र बजार अभावकै कारण पछिल्लो समय ओल खेती गर्नेहरू घटेका छन् । ओल सेवनबारे तराईबासीमा अलि बढी ज्ञान छ । ओल खानका लागि तयार पार्दा सीप चाहिन्छ, जुन सबैमा नहुन पनि सक्छ । यी र यावत कुराहरूले गर्दा ओलको लक्षित बजार भने तराईमै सीमित भएको अनुमान कृषि ज्ञानकेन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहको छ । उहाँले ओल खेती बजारको कमीका कारण फस्टाउन नसकेको बताउनु भयो । उहाँले ओल तराईमा परम्परागत रुपमा खाइरहेकाले मात्रै खाने गरेको बताउनु भयो । मुख्यतया तराईमा अचारको रुपमा ओलको प्रयोग गरिने बताउनु भयो ।

ओल पोषणयुक्त तरकारी हो । पहिले व्यावसायिक तबरले नै कोशी प्रदेशका सुनसरी, मोरङसहित तराईका जिल्लामा गरिने भएपनि अहिले फाट्टफुट्ट रूपमा कतै–कतै मात्र ओलको खेती गरिन्छ । मिठो र पौष्टिक तत्वले भरिपूर्ण भएका कारण अहिले पाँचथर, इलामजस्ता पहाडी जिल्लामा पनि ओल लगाउन थालिएको कृषि विकास निर्देशनालयको तथ्यांक छ । तथापि, सुनसरी र मोरङका केही किसानले मात्र व्यावसायिक रूपमा ओल खेती गरिरहेको निर्देशनालयले जनाएको छ । कृषि िवकास निर्देशनालयका प्रमुख प्रकाशकुमार डाँगीले ओल खेती व्यवसायिक रुपमा केही समय पहिला सुनसरी र मोरङ लगायतका जिल्लामा गरेको पाइए पनि अहिले केही फाट्टफुट्ट रुपमा मात्रै गर्ने गरेको बताउनु भयो । ओल मिठो र पोषणयुक्त तरकारी रहेको बताउनु भयो ।

कृषि विकास निर्देशनालयको तथ्यांकअनुसार कोशी प्रदेशको तीन सय हेक्टर क्षेत्रफलमा ओल खेती गरिएको छ । तर व्यावसायिक रूपमा ठूलो क्षेत्रफलमा ओल खेती गरेको नपाइएको निर्देशनालयले जानकारी दिएको छ ।