९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा थप २६ हजार नयाँ सङ्क्रमित



अ+ अ-

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट थप २६ हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ४१ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

भारतमा अहिले पनि सङ्क्रमितको सङ्ख्या दुई लाख ९९ हजार ६२० रहेको छ । यो सङ्ख्या घट्दै गएको देखिएको छ । एकै समयमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या धेरै भएकाले सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो ।   

त्यसैगरी अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड २९ लाख ३१ हजार ९७२ पुगेको छ । गत आइतबारसम्ममा भारतका ५६ करोड ४४ लाख जनाको स्वाब परीक्षण गरिएको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ८६ करोड १० लाख डोज खोप लगाइएको छ । (रासस-एएनआई)