९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेलाई भट्टराईको चुनौतिः नैतिकता छ भने संसद्‍बाट राजीनामा गरेर जनतामा जाऊ



अ+ अ-

काठमाडौं । सत्तासाझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिनु भएको छ । 

पूर्वप्रधानमन्त्री समेत रहनु भएका डा. भट्टराईले संसदलाई २÷२ चोटी विघटन गर्ने एमालेलाई संसदमा आउन समेत लाज हुनुपर्ने टिप्पणी समेत गर्नु भयो । सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उहाँले अलिकति पनि नैतिकता छ भने एमालेका सांसदहरुले संसद अवरुद्ध पारेर बस्ने नभई राजीनामा गरेर जनताको बीचमा जानुपर्ने प्रतिक्रिया दिनु भयो । अध्यक्ष भट्टराईले सर्वोच्चको फैसला मान्दैनौ भन्ने एमालेले संविधानको सर्वोच्चता र संसदीय मर्यादाको कुरा गर्नु सरमको विषय भएको पनि दोहो¥याउनु भयो । 

उहाँले भन्नु भयो, ‘जसले संसदलाई २÷२ चोटी विघटन गर्छ । ती मान्छेहरुले लाजै पचाएर संवैधानिक सर्वोच्चता कायम गर भन्ने । सर्वोच्चको फैसला मान्दैनौ भन्ने अनि संवैधानिक सर्वोच्चता भन्ने ? अनि संसदीय मर्यादा कायम । जुन संसदलाई विघटन गरिसक्यो, उसले त्यो संसदमा आउन त लाज हुनुपर्ने हो । मैले पार्टी छोडिसके पछि दोस्रो संविधानसभा पछि २०७२ सालमा तुरुन्तै राजीनामा गरेको थिँए । उहाँहरुमा अलिकति पनि नैतिकता छ भने राजीनामा गरेर जनताबीच जानुपर्छ ।’

भट्टराईले एमालले आफैंले विघटन गरेको संसदमा अवरोध सृजना गरेर निर्लज्जताको पराकाष्ठ देखाएको उल्लेख गर्दै त्यसबारे आफूले थप टिप्पणी गर्न नचाहेको बताउनु भयो ।