२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीद्वारा दुवै सदनको अधिवेशन आह्वान



अ+ अ-

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते मङ्गलबार अपराह्न ४ बजे सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्ले आज गरेको सिफारिसअनुुसार उक्त दिन दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।

राष्ट्रिपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा, ९३ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/१/२५ को सिफारिसमा संवत् २०७९ साल जेठ ३ गते मङ्गलबारका दिन १६ः०० अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, बानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।” रासस