२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड धनगढीमा



file
अ+ अ-

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही समयअघि धनगढी पुग्नुभएको छ ।

प्रधानमन्त्री देउवा धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नै निवासमा बस्नुभएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड धनगढीको रुबस होटेलमा बस्नुभएको छ ।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार धनगढीको रङ्गशालामा हुने सत्ता साझेदार दलको चुनावीसभालाई सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ । सो स्थानको चुनावीसभापछि प्रधानमन्त्री देउवा डडेलधुरा जाने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल सोमबार नै कैलालीको हसुलिया, डोटी, र कञ्चनपुरको बेलौरीलगायत क्षेत्रमा हुने चुनावीसभालाई सम्बोधन गर्नुहुने सो पार्टीका नेता रमेश भट्टराईले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाँकी रहँदा राजनीतिक दलका शीर्ष नेताको चुनावी दौडधुप पनि ह्वात्तै बढेको छ ।