६ श्रावण २०८३, बुधबार
,
Latest
हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेमा हरियाली, दोहोरो अङ्कको वृद्धि



अ+ अ-

काठमाडौँ । धेरै दिनपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १७.९५ अङ्कले उकालो लागेर दुई हजार २५६.५७ अङ्कमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.८० अङ्कले उकालो लागेर ४३६.३५ मा पुगेको छ ।

कूल २३३ कम्पनीको ३३ लाख ४१ हजार २१४ कित्ता शेयर रु एक अर्ब ३२ करोड ६४ लाख २१ हजार ६७२ बराबरको कारोबार भयो । शेयर कारोबार हुने साताको पहिलो दिनको कारोबारपछि बजार पूँजीकरण रु ३२ खर्ब १० अब ३० करोड ३६ लाख ९० हजार बराबर पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । बैंकिङ २.५४ र लघुवित्त ०.०३ अङ्कले ओरालो लागेको छ । त्यस्तै, व्यापार ४.९१, होटल तथा पर्यटन ७१.९७, विकास बैंक १०८.६२, जलविद्युत् ६६.४, वित्त ५३.५६, निर्जीवन बीमा ९.४९, उत्पादन ११.५७, अन्य ३५.८६, जीवन बीमा ३८.५८, सामूहिक लगानी कोष ०.०७ र लगानी १.४९ अङ्कले उकालो लागेको छ ।

कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा छ । सो संस्थाको रु सात करोड ५३ लाख ५९ हजार ४५५ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु चार करोड ६० लाख ७८ हजार ३५५, नबिल बैंक रु चार करोड १५ लाख ४८ हजार ९०३, एनआइसी एशिया बैंक रु तीन करोड ६७ लाख ९० हजार ८६७, अरुण भ्याली हाइड्रोपावर रु तीन करोड ५८ लाख ८१ हजार ९०४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । घलेम्दी हाइड्रो पावर ८.८२, माउण्टेन इनर्जी नेपाल ८.६६, हिमालयन ऊर्जा विकास कम्पनी ७.५८ र श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले ७.०८ प्रतिशतले कमाए ।

त्यस्तै उन्नति सहकार्य लघुवित्त ४.९२, एनआइसी एशिया सेलेक्ट फण्ड ४.०६, एशियन लाइफ इन्स्योरेन्स ३.५४, रुरु जलविद्युत् परियोजना ३.१२ र गरिमा विकास लघुवित्तका लगानकिर्ताले २.५७ प्रतिशतले गुमाए ।




भर्खरै