काठमाडौं । सरकारले ल्याएको दल विभाजन सम्बन्धि अध्यादेश खारेज भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश खारेज गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको थियो ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजै खारेज गरेकी हुन् ।