६ श्रावण २०८३, बुधबार
,
Latest
माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतदानका दिन खोप अभियान सञ्चालन नहुने



अ+ अ-

काठमाडौँ । यही वैशाख ३० गते स्थानीय तह निर्वाचनको मतदानका दिन कोरोना विरुद्धको खोप अभियान सञ्चालन नहुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन सम्पन्न गर्न मतदान स्थलहरुमा स्वास्थ्यकर्मीसमेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने हुनाले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालन नहुने जानकारी गराएको छ ।

मन्त्रालयले निर्वाचनअघि र पछिका दिनहरुमा खोप केन्द्रहरुमा नियमित खोप अभियान सञ्चालन हुने भएकाले सकेसम्म चाँडा कोभिड–१९ विरुद्ध खोप लगाई आफू र आफन्तलाई सुरक्षित राख्न सबैमा अनुरोध गरेको छ ।

साथै छिमेकी मुलुकहरुमा पछिल्ला दिनमा सक्रमण बढ्दै जाँदा नेपालमा जोखिम बढ्ने सम्भावना भएकाले सतर्क रहँदै जनस्वास्थ्यका मापदण्डहरुको ख्याल गरिदिन मन्त्रालयले अनुरोध गरेको छ ।