६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

शीर्ष नेता अभियानमा निस्केपछि एकाएक बढ्यो निर्वाचनको माहोल

शीर्ष नेता अभियानमा निस्केपछि एकाएक बढ्यो निर्वाचनको माहोल
अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धनले एकपछि अर्को आक्रामक अभियान बढाएपछि देशव्यापी रुपमा स्थानीय तहको निर्वाचनको माहोल एकाएक बढेको छ । यही वैशाख ३० गतेका लागि तय भएको निर्वाचनको मिति आउन केही दिन मात्रै बाँकी रहँदा देशभर नै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारसमेत अभियानमा केन्द्रित छन् ।

गठबन्धनले बिहीबार भरतपुर महानगरमा संयुक्त चुनावीसभाको आयोजना ग¥यो । यस्तै, शुक्रबार काठमाडौँ महानगरलाई केन्द्रमा राखेर रत्नपार्कमा संयुक्त रुपमा सभामार्फत मतदातासमक्ष मत माग्यो । गठबन्धनका तर्फबाट आज पनि देशका विभिन्न स्थानमा चुनावी सभाहरू आयोजना गरिएको छ । बुटवल, तनहुँ, जनकपुरधाममा संयुक्त चुनावी सभा भएका छन् । सत्तारूढ गठबन्धनका तर्फबाट शीर्ष नेताहरूले एकाएक चुनावी माहोल तताउने गरी अभियान केन्द्रित गरेपछि मतदातामा पनि सकारात्मक प्रभाव परेको छ ।

जनकपुरमा आयोजित संयुक्त सभामा गठबन्धनमा आबद्ध पार्टीका शीर्ष नेताहरूले ‘रोड शो’ आयोजना गरी मतदातालाई सक्रिय रुपमा निर्वाचनमा सहभागी हुन आह्वान गर्नुभयो । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सभालाई सम्बोधन गर्नुभयो । त्यस्तै नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेसका नेता जितेन्द्र देव लगायतका नेताले जनकपुरमा रोड शो आयोजना मात्रै गर्नु भएन, गठबन्धन किन आवश्यक प¥यो भन्ने बारेमा आफ्नो धारणासमेत राख्नुभयो ।

कार्यक्रममार्फत गठबन्धनका शीर्ष नेताले आफ्नो पक्षमा मतसमेत माग्नुभयो । संविधान, गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्वका लागि आफूहरुले साझा मोर्चा बनाएको उल्लेख गर्दै उहाँहरूले सक्रियताका साथ निर्वाचनमा सहभागी हुन आग्रहसमेत गर्नुभयो ।

गठबन्धनका तर्फबाट शीर्ष नेता नै देशव्यापी रुपमा चुनावी अभियानमा निस्केपछि एकाएक निर्वाचनको माहोल बढेको र मतदाता पनि योग्य उम्मेदवार छनोट गर्ने दिनको व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन् । निर्वाचन आयोगले पनि मतदानका लागि आवश्यक तयारी युद्धस्तरमा अगाडि बढाएको छ ।

गठबन्धनले ६ वटा महानगर, ११ उपमहानगरलगायत देशभर नै संयुक्त उम्मेदवार खडा गरेका छन् । चितवनको भरतपुरमा रेणु दाहाल प्रमुख र चित्रसेन अधिकारी उपप्रमुखको उम्मेदवार हुनुहुन्छ । काठमाडौँ महानगरको प्रमुखमा सिर्जना सिंह र उपप्रमुखमा रामेश्वर श्रेष्ठ उम्मेदवार हुनुहुन्छ ।

तनहुँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउनुभयो । उहाँले गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले यसलाई सफल बनाउन सबै दल प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । सभापति देउवाले कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन स्थानीय तह निर्वाचनका लागि मात्रै नभई प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म कायम रहने दाबी गर्नुभयो ।

प्रधानमन्त्री देउवाले स्थानीय तहको चुनाव हुन्छ भन्ने कुरा कमैले पत्याएको भन्दै देश चुनावमा होमिएको बताउनुभयो । “धेरैलाई चुनाव हुन्छ र भन्ने भ्रम थियो, तर देशमा चुनावको माहोल छ”, देउवाले भन्नुभयो । प्रधानमन्त्री देउवाले एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारबाट जनताले मुक्ति पाएको भन्दै केपी ओलीको नेतृत्वमा संसद् अवरुद्ध गरी सरकारलाई काम गर्न नदिइएको बताउनुभयो ।

त्यसअघि बुटवलमा आयोजित सभामा पनि प्रधानमनत्रीले गठबन्धनको आवश्यकता र अमेरिकी सहयोग परियोजनाका सन्दर्भमा आफ्नो मन्तव्यलाई केन्द्रित गर्नुभयो । त्यति मात्रै नभई उहाँले बुद्धको जन्मस्थल लुम्बिनीको विकासमा सरकार लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । हालै संसद्बाट अनुमोदन भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी० विनाब्याजको अमेरिकी अनुदानको परियोजना भएको स्पष्ट पार्नुभयो ।

स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी सङ्ख्यामा उम्मेदवारी परेको मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित संयुक्त चुनावी सभाको राजनीतिक महत्व रहेको भन्दै माओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो, “मधेस र मधेसी जनताको सुखदुःखको पार्टी नै माओवादी हो ।”

निर्वाचन आयोगका अनुसार मधेस प्रदेशमा सबैभन्दा बढी ४० हजार ९२४ उम्मेदवारी परेको जनाएको छ । अन्य प्रदेशको तुलनामा मधेस प्रदेशमा झन्डै दोब्बर उम्मेदवारी परेको छ । मधेस प्रदेशमा नगरपालिकाको प्रमुखमा एक हजार ४२० जनाको उम्मेदवारी, उपप्रमुख ६३८, गाउँपालिकाका अध्यक्ष ८९३, उपाध्यक्ष ४७९ उम्मेदवारी परेको छ । मधेसमा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी कूल १३६ स्थानीय तह छन् ।

गठन्धनले आइतबार मात्रै देशका तीन स्थानमा संयुक्त चुनावी सभा आयोजना गरेका छन् । कास्कीको पोखरा महानगरपालिकामा आइतबार बिहान ११ बजे सभा आयोजना गरिएको छ । दिउँसो दाङको घोराही र तुल्सीपुरमा संयुक्त कार्यक्रम हुनेछन् । यस्तै, २६ गते धनगढी र २७ गते बाराबो जितपुर सिमरामा चुनावी अभियानअन्तर्गत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

चुनावी सभालाई जनकपुरमा सम्बोधन गर्नुहुँदै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षाका लागि पाँच दलीय गठबन्धन गरिएको बताउनुभयो । उहाँले शीर्ष नेताहरूको साझा प्रयासका कारण देशभर नै निर्वाचनको माहोल बढेर गएकामा प्रसन्नता व्यक्त गर्दै इमान्दार भएर अभियानमा लाग्नसमेत सबै नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

त्यसो त एमाले अध्यक्ष केपी शर्मा ओली पनि चुनावी अभियानमा सक्रिय रहनुभएको सो पार्टीले जनाएको छ । स्वतन्त्र उम्मेदवारले पनि आ–आफ्नो एजेन्डा लिएर अभियानमा केन्द्रित भएका छन् । यसले अपेक्षित रुपमा नै चुनावी अभियान सक्रिय रुपमा अगाडि बढेको छ । नेपालको संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचनले लोकतन्त्रलाई सुदृढ मात्रै गर्दैन जनताले घरआँगनमा नै आफ्नो सरकार पाउँछन् । –रमेश लम्साल