२५ श्रावण २०८३, सोमबार
,
Latest
विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन चुरे विनाशको असर : दाङमा रोपाइँ प्रभावित प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुआत गरिने २८ गतेसम्म निकास नआए कांग्रेसले नयाँ कार्यदिशा तय गर्छ : मोहनबहादुर बस्नेत चिनियाँ राजदूत झाङ माओमिङद्वारा प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट प्रतिपक्षले प्रश्न गर्दा ‘ओलीको कार्यकर्ता’ भनिएकोमा राप्रपा नेता शाहीको आपत्ति सरकार–सञ्चारमाध्यम सम्बन्ध सुदृढ बनाउन शिक्षामन्त्री पोखरेलले गरे सम्पादकहरूसँग छलफल राष्ट्रिय गौरवका आयोजनाका लागि एउटै प्रभावकारी कानून बनाऔँ : सांसद डाँगी धार्मिक असहिष्णुता रोक्न स्पष्ट कानूनी र नैतिक आधार आवश्यकः सांसद महन्थ ठाकुर
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरले गौरवशाली इतिहास स्थापित गर्नेछः पूर्वप्रधानमन्त्री ओली



अ+ अ-

मोरङ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विराटनगरको गौरवशाली इतिहासलाई पुनः स्थापित गर्ने बताउनुभएको छ । एमालेको महानगरस्तरीय चुनावी भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले विराटनगरलाई औद्योगिक नगरीका रुपमा विकास गरी सुविधा सम्पत्र र हराभरा सहर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राजनीतिक रुपमा पनि विशेष महत्व बोकेको यो स्थानमा पहिलोपटक रेडियो नेपाल स्थापना भएको स्मरण गर्दै उहाँले भत्रुभयो, “सही ढङ्गले विकास गर्ने जनप्रतिनिधि नहुँदा मुलुक अधोगतिमा जानेछ ।” आफ्नो तीनवर्षे शासनकालमा मधेसमा हुलाकी सडक, शिक्षाबाट वञ्चितलाई भर्ना अभियान सञ्चालन गरेको स्मरण गराउँदै उहाँले भत्रभुयो, “मधेसमा आगामी दुई वर्षमा एक लाख ८५ हजार बिघा जग्गा सिँचाइ हुने सुनकोसी मरिन ड्राइभ निर्माण, ज्येष्ठ नागरिक भत्ता, विद्युत्भार कटौतीको अन्त्य जस्ता कार्य गरेको छु ।”

पूर्वप्रधानमन्त्री ओलीले गठबन्धन दल बहुदलीय प्रतिस्पर्धामा एमालेसँग डराएकाले स्थानीय पालिका निर्वाचनमा विभित्र स्थानमा उम्मेदवारी दिन नसकेको आरोपसमेत लगाउनुभयो । उहाँले जनताका पक्षमा जान कार्यकर्तालाई निर्देशन दिँदै यही वैशाख ३० गतेको निर्वाचनमा एमालेका उम्मेदवारहरूले अत्यधिक सफलत हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले चेतनाको आन्दोलनको नेतृत्व गरेको गरेको विराटनगर महानगरपालिकादेखि आसपासका क्षेत्रमा पनि विजयी हुने दाबी गर्नुभयो ।

सभामा एमालेबाट महानगरका प्रमुखका उम्मेदवार सागर थापा र उपप्रमुखका उम्मेदवार शिल्पा निराला कार्की लगायतले विराटनगरलाई दोस्रो ठूलो सहर बनाउने सङ्कल्पमा निजी क्षेत्रको सहयोग लिने भन्दै विराटनगरलाई सहरका रुपमा विकास गरी आर्थिक क्षेत्रको चलायमन बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।