४ भाद्र २०८३, बिहीबार
,
Latest
“नेपाल–जापान सम्बन्धमा जापानी भाषा र संस्कृतिको भूमिका” मानवअधिकार कार्ययोजना कार्यान्वयनमा सक्रिय हुन सुदूरपश्चिमका स्थानीय तहलाई आयोगको आग्रह विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ विश्वविद्यालयमा लेखा उत्तरदायी अधिकृत नतोकिँदा समस्या भयोः महालेखा परीक्षक राया काठमाडौंमा ३२.५८ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ राज्यको खर्च र वैदेशिक सहायता पारदर्शी बनाउन सांसद पुनको जोड एनजीओलाई दोष दिनुभन्दा सरकारले बाल संरक्षणको जिम्मेवारी लिनुपर्छ : सांसद रानामगर वैदेशिक सहायता धर्मान्तरण तथा नास्तिकता प्रवद्र्धनमा प्रयोग भयोः सांसद ओली खगेन्द्र सुनारको आरोप– विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन् रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक र जैविक मल प्रवर्द्धन गर्ने सरकारको नीति
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिम्बावे ‘ए’विरुद्ध नेपालको सहज जित



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत दोस्रो खेलमा सानदार जित निकालेको छ । शनिबार भएको खेलमा नेपालले जिम्बावे ‘ए’ लाई ९ विकेटले पराजित गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा जिम्बावे ‘ए’ ले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपालले ११ ओभर २ बलमा १ विकेट गुमाउँदै ८९ रन बनायो ।

नेपालका लागि सुनिल धमलाले सर्वाधिक ३८ रन जोडे । यस्तै, आसिफ शेखले ३४ रनको योगदानी दिए । बलिङतर्फ जिम्बावे‘ए’ का लागि बर्नान्डो मटुवाले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ३१ ओभर १ बलमा अलआउट हुँदै ८७ रनमा बनाएको थियो ।

जिम्बावेका लागि जोनाथन क्याम्पबेलले सर्वाधिक २७ रन बनाए । ब्राड इभान्स २० रन अविजित रहे भने सेफासले १० जोडे ।

नेपालका सोमपाल कामी र करण केसीले ३र३ विकेट लिए । सन्दीप लामिछानेले २ विकेट लिँदा सागर ढकालको नाममा १ विकेट रह्यो । जितसँगै नेपालले सिरिजमा १–१ को बराबरी गरेको छ । दुई टोलीबीचको सिरिज सोमबार हुनेछ ।