४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु

बजेट निर्माणमा जुटेको सरकारलाई  फलफूलको बिरुवा रोप्ने देखि नयाँ नोट छाप्ने सम्मको सुझाब

बजेट निर्माणमा जुटेको सरकारलाई  फलफूलको बिरुवा रोप्ने देखि नयाँ नोट छाप्ने सम्मको सुझाब
अ+ अ-

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि अन्तिम तयारी गरिरहेको छ । बजेट निर्माणको तयारीको इतिहासमै पहिलो पटक नागरिक सुझावलाई पनि विशेष प्राथमिकतामा राखिएको हो । हरेक वर्षको जेठ १५ गते सङ्घीय संसद्मा सरकारका तर्फबाट अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

यसअघि सरकारी तजबिजमा मात्रै निर्माण हुँदै आएको बजेटलाई वर्तमान सरकारले नागरिकको सहभागिता अगाडि बढाएको हो । देशभरका नागरिकले बजेट निर्माण प्रक्रियालाई जनमुखी बनाउन आआफ्ना सुझाव दिएका छन् ।अर्थमन्त्रालयले पैसा नलाग्ने टेलिफोन नम्बर ११३८ मा प्राप्त भएका केही महत्वपूर्ण सुझावले सरकारलाई मार्गनिर्देश गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले अनुसार बजेट निर्माणमा नागरिकको सहभागिता रहोस् भन्ने ध्येयका साथ सुझाव मागिएको जानकारी दिनुभयो ।

मन्त्रालयमा प्राप्त भएका केही सुझावअनुसार सार्वजनिक जग्गा, स्थानीयदेखि केन्द्रीयस्तरका सडकका दायाँबायाँ किनारामा हावापानीअनुसारको स्थानीय फलफूलको बिरुवा रोप्ने कार्यलाई विशेष प्राथमिकतामा राख्न अनुरोध गरिएको छ । फलफूलको आयातमा मात्रै ठूलो रकम हरेक वर्ष विदेशिने गरेका सन्दर्भमा देशभित्रै फलफूल उत्पादनमा आत्मनिर्भर बन्नका लागि पनि बजेटमा यस्तो व्यवस्था गरिनुपर्नेमा जोड दिइएको हो ।

किसानलाई रासायनिक मल, बीउ तथा किटनाशक औषधिको उचित प्रबन्ध गर्न तथा स्थानीय र रैथाने खाद्यबालीको बिलको सुरक्षामा ध्यान दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराइएको छ । खेतीपातीको समयमा मल बीउको अभाव हुँदा किसानले दुःख पाइरहेको अवस्थालाई अन्त्य गर्नेतर्फ बजेटको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।कृषि, फलफूल व्यवसाय गर्नेलाई सरल तरिकाले ऋण तथा अनुदानको प्रबन्ध गर्नुपर्ने, बजेटमा साना किसानलाई समेट्न, देशभित्रै उत्पादन बढाउन र विदेशबाट आयात घटाउनेमा ध्यान दिन तथा भौगोलिक क्षेत्रअनुसार उत्पादन हुने वस्तुलाई पकेट क्षेत्र घोषणा गरी बजेट विनियोजन गर्नुपर्नेमा नागरिकस्तरबाट सुझाव आएको छ ।

देशभित्रका प्राकृतिक स्रोत तथा साधन जल, जमिन जङ्गल, जडीबुटी एवं जनशक्तिको पूर्ण सदुपयोग गरी बजेट निर्माण गर्नुपर्नेलगायत महत्वपूर्ण सुझाव प्राप्त भएको अर्थमन्त्रालयले जनाएको छ ।प्रधानमन्त्री रोजगार कार्यक्रमको रकमबाट बाटोमा झार उखाल्ने, भ्यू टावर बनाएर अर्थतन्त्र सुधार नहुने भन्दै बेलकोटगढी नुवाकोटबाट प्राप्त भएको सुझावमा भनिएको छ, “सरकारको बजेटले रोजगारी सिर्जना गर्ने, उत्पादनमूलक उद्योगको विकासमा ध्यान दिन जरुरी रहेको छ ।”

प्रत्येक पालिकाले सहुलियतमा प्रत्येक परिवार एक इन्डक्सन चुल्हो दिने व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ । विदेशी ग्यास छाडौँ, स्वदेशी बिजुली प्रयोग गरौँ भन्ने सरकारको कार्यक्रमलाई सफल बनाउन पनि पालिका नै सक्रिय हुनुपर्ने सुझाव प्राप्त भएको छ । सरकारले हरेक वर्ष झण्डै रु दुई खर्ब बढीको पेट्रोलियम पदार्थ आयात गरिरहेका सन्दर्भमा त्यसलाई क्रमशः घटाउन पनि आयातित ग्यासको खपत कम गर्दै जानुपर्नेमा नागरिकले सरकारको ध्यानाकर्षण गराएका छन् ।

त्यस्तै, विद्युतीय सवारी साधनको प्रवद्र्धनमा विशेष जोड दिनुपर्ने, भन्सार र कर छुट दिनुपर्ने सुझाव पनि महत्वका साथ प्राप्त भएको छ । पेट्रोलीयम इन्धनका कारण वातावरणीय सङ्कटसमेत बढेकाले विद्युतीय सवारी साधनको प्रवद्र्धनमा जोड दिन नागरिकले सरकारलाई आग्रह गरेको अर्थमन्त्रालयले जनाएको छ ।ऋण लिएका व्यक्तिलाई आयकरमा छुट दिनुपर्ने, घर बहाल कर तिर्ने र नतिर्नेकाबीचमा केही फरक हुनुपर्ने माग पनि छ । कर र नतिर्नेका बीचमा फरक देखाउन स्वास्थ्य वा विद्युत् महशुलमा सहुलियत दिनुपर्नेमा जोड दिइएको छ । यस्तो व्यवस्था गरिए बहाल कर तिर्नेको सङ्ख्यामा वृद्धि हुने सम्भावना औँल्याइएको छ ।

यसैगरी केहीले भने पुराना रु ५०० र रु एक हजार दरका नोट प्रतिबन्ध लगाएर नयाँ छाप्दा आर्थिक अराजकता तथा भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ भन्ने सुझाव पनि नागरिकले उपलब्ध गराएका छन् ।
सङ्घीय सरकारको बजेटबाट दीर्घकालीन योजना सञ्चालन गर्ने, प्रदेश र स्थानीय पालिकाको योजना जनस्तरको समस्या समाधानका लागि परिचालन गर्नुपर्ने, साना तथा मझौला योजनालाई कम प्राथमिकता दिनुपर्ने सुझाव आएकोे जनाइएको छ ।सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गरी हुँदा खाने र हुनेखानेकाबीचका फरक गर्न, त्यस्तो भत्ता नगदमा नदिएर कार्डको व्यवस्था गरी आधारभत सेवा निःशुल्क गर्न र नगदलाई उत्पादनमूलक कार्यमा लगाउनुपर्नेमा जोड दिइएको छ ।

वास्तविक क्षेत्रलाई पनि शेयर बजारमा आउन पाउनेगरी विशेष व्यवस्था गर्न, बजारमा हुने गैरकानूनी क्रियाकलाप अन्त्य गर्न तथा नियामक निकायका प्रमुख नै गलत कार्यमा संलग्न हुनेलाई कडाभन्दा कडा कारवाही हुने प्रणालीको व्यवस्था गर्नुपर्ने नागरिकको सुझाव छ ।सामाजिक सञ्जालको नियमन गर्ने प्रावधान ल्याउन विशेष आग्रह गर्दै कुलेश्वर काठमाडौँका एक सुझावकर्ताले चालू आवको बजेटमा नै यस्तो व्यवस्था भए पनि कार्यान्वयन नभएकामा गुनासो गरेका छन् । फेसबुक, टिकटक, युट्युबजस्ता माध्यमबाट हुने आयआर्जन तथा कारोबार गर्दा एक प्रतिशत कर लाग्ने भनी यस आवको बजेटमा व्यवस्था गरिएको भए पनि आन्तरिक राजस्व विभाग र नेपाल राष्ट्र बैंकले कार्यान्वयनमा नल्याएको भन्दै तत्काल कार्यान्वयन गर्न भनिएको छ ।

नेपालमा बसेर अनलाइनका काम गर्ने कर्मचारीले पाउने पारिश्रमिकलाई विप्रेषणमा राखिए पनि कर उठाउने व्यवस्था भएको भन्दै यस क्षेत्रलाई करको दायरामा ल्याउन भनिएको छ ।कर नतिर्ने प्रवृत्ति अन्त्यका लागि कर कार्डको व्यवस्था गर्न, सरकारको मातहत रहने गरी जिल्लास्तरमा रोजगार केन्द्रको स्थापना गर्न, बेरोजगारको लगत कायम गर्न भनिएको छ । त्यस्ता रोजगार केन्द्रमा होटल, बैंक, वित्तीय संस्था, सहकारीलगायत सङ्घसंस्थालाई पनि सोही केन्द्रमा दर्ता गर्नुपर्ने व्यवस्था गर्न अनुरोध गरिएको छ । नयाँ कार्यालय स्थापना भएमा सोही रोजगार केन्द्रबाट पदपूर्ति गर्ने व्यवस्था गरिए शक्ति र पहुँचको प्रभाव रोकिने सुझाव आएको छ । रासस