• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित

केपी ओलीलाई संसद देख्नै हुदैन: चित्रबहादुर केसी



file

काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले अध्यक्ष केपी ओलीलाई संसद देख्नै नहुने आरोप लगाउनु भएको छ ।

गठबन्धनको संयुक्त चुनावी सभामा बोल्दै केसीले प्रतिनिधिसभा बिघटन प्रतिगमनको सुरुवातको बिन्दु भएको उल्लेख गर्दे सबिधान जोगाउन राष्ट्रिय जनमोर्चाले नै गठबन्धनको अबधारणा अघि सारेको बताउनु भयो ।

उहाँले पाँच दलीय गठबन्धन भन्दा प्रतिगमनकारी शक्ति बलियो भएको बताउनु भयो । उहाँले भन्नुभयो ‘गठबन्धनभन्दा बलियो छ प्रतिगमन । नेपालमा प्रतिगमन एक्लै छैन । प्रतिगमनले गणतन्त्र र संसद सिध्याउन खोज्दा जनताले पाएको दुःख बिर्सनुहुँदैन । हामीबीच इमानदार सहकार्य हुनुपर्छ ।’

तस्बिर -रत्न श्रेष्ठ, रासस