२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ श्ययाको महाशिला आधारभूत अस्पताललाई २३ रोपनी जग्गा



अ+ अ-

पर्वत । पर्वतको महाशिला गाउँपालिकामा निर्माण हुन लागेको १५ श्ययाको अस्पताललाई जग्गा प्राप्त भएको छ । एक पालिका एक अस्पताल अन्तर्गत १५ श्ययाको आधारभूत अस्पताल निर्माण गर्न नेपाल सरकारले नै जग्गा उपलब्ध गराएको हो । रु २२ करोडको लागतमा निर्माण हुन थालेको उक्त अस्पताल गत मङ्सिरमै शिलान्यास भए पनि जग्गा प्राप्तिमा केही समस्या भएपछि निर्माण कार्य रोकिएको थियो ।

महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीस्थित भोेर्ले डाँडाको साविक कित्ता नं ३७० को २३ रोपनी, १३ आना २ पैसा ३ दाम गौचरण जमिन मन्त्रिपरिषद्को सिफारीसमा हालै अस्पताल निर्माण समितिलाई प्राप्त भएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीले जानकारी दिनुभयो ।उहाँका अनुसार २०७८ चैत २४ को निर्णयबाट जग्गा दर्ता प्रमाणपत्र प्राप्त भएको र सार्वजनिक जग्गा प्रयोगसम्बन्धी कार्यविधिबमोजिम अस्पताल निर्माणका लागि जग्गाको स्वामित्व प्रदान गर्ने स्वीकृति भएसँगै जिल्ला मालपोत कार्यालयले बुधबार जग्गाको प्रमाणपत्र हस्तान्तरण गरेको थियो ।

आफ्नो निरन्तरको प्रयासबाट जग्गा प्राप्त गर्न सफल भएकाले अब अस्पताल निर्माण नियमित सञ्चालन हुने वडा नं ५ का वडाध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ठकुरीको भनाइ थियो । स्थानीय केही व्यक्तिले उक्त जग्गामा अस्पताल भवन बनाउन नहुने भन्दै मुद्दा दर्ता गरेपछि अ निर्माण कार्य अघि बढ्न सकेको थिएन । रासस