६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट

बागलुङमा ३७ हजार नयाँ मतदाता थपिए

बागलुङमा ३७ हजार नयाँ मतदाता थपिए
अ+ अ-

बागलुङ । पछिल्लो पाँच वर्षमा यहाँ झण्डै ३७ हजार मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तह चुनावमा एक लाख ५६ हजार ८०२ मतदाता रहेकामा अहिले त्यो सङ्ख्या बढेर एक लाख ९३ हजार ६२५ पुगेको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार तीमध्ये महिला ९९ हजार ७२८ र पुरुष ९३ हजार ८९७ छन् । जहिल्यैका चुनावमा महिला मतदाताको सङ्ख्या बढी हुन्छ । अघिल्लो स्थानीय तह चुनावमा ८२ हजार ८३९ महिला र ७२ हजार ९६३ महिला मतदाता थिए । चुनाव घोषणा हुनअघि निर्वाचन आयोगले अभियान नै चलाएर मतदाता नामावली सङ्कलन गर्ने गर्छ । त्यसबाहेक नियमित प्रक्रियाबाट पनि मतदाता नामावली सङ्कलन भइरहेको हुन्छ । चुनाव घोषणा भएसँगै मतदाता नामावली दर्ता रोकिने गर्छ ।

नयाँ थपिने मतदातामा लगभग सबै युवा नै हुन्छन् । दलहरुलाई चुनाव जित्न नयाँ मतदाता निर्णायक हुन सक्छन् । युवा पिँढीले मन परेको उम्मेदवारलाई आफ्नै स्वविवेकमा मत दिने सामाथ्र्य राख्छन् । मतदाता थपिँदै जाँदा दलहरुको चुनावी गणित पनि बदलिँदै जान्छ । पहिलेको चुनावको हिसाबकिताबले मात्र काम नगर्ने हुनसक्छ ।

जिल्लाभरका गरी ४६९ जनप्रतिनिधि छान्न यहाँका मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । यहाँ चार नगरपालिका र छवटा गाउँपालिका छन् । मतदानका लागि १०३ मतदानस्थल र २३० मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले जानकारी दिनुभयो ।

मतदानको दिन नजिकिँदै गर्दा निर्वाचन अधिकृतका कार्यालय, सुरक्षा निकायसहित सम्बद्ध पक्ष व्यवस्थापकीय काममा खटिएका छन् । चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन आवश्यक सबै प्रबन्ध चुस्त पारिएको जनाइएको छ ।

मतदान केन्द्र केन्द्रित तयारी अघि बढेको निर्वाचन अधिकारी रिजालले बताउनुभयो । उहाँका अनुसार मतदान सम्पन्न गराउन यहाँका दस स्थानीय तहमा गरी २३० जना मतदान अधिकृत खटाइएको छ । एउटा मतदान केन्द्रमा मतदान अधिकृतसहित पाँच कर्मचारी र तीन जना स्वयंसेवक खट्ने जनाइएको छ । मङ्गलबार बेलुकासम्म कर्मचारी, सुरक्षाकर्मी र चुनावका सामग्री मतदान केन्द्रमा पुगी सक्नेछन् ।