३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री  खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री शेरबहादुर देउवा भोलि बुटवल जादै



file photo
अ+ अ-

लुम्बिनी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोलि शनिबार बुटवल आउनुहुने भएको छ ।

प्रधानमन्त्री देउवा यही वैशाख ३० गतेको स्थानीय निर्वाचनको प्रचारप्रसार कार्यक्रमअन्तर्गत पाँच दलीय गठबन्धनद्वारा शनिबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न बुटवल आउन लाग्नुभएको नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं २ का सचिव प्रजापाल गिरीले जानकारी दिनुभयो ।

निर्वाचन कार्यक्रमअन्तर्गत शनिबार बिहान १० बजे बुटवलको देवीनगर चौपारीमा आयोजना हुने चुनावी सभामा प्रधानमन्त्री देउवालगायत गठबन्धन दलका नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनमा गठबन्धनलाई एकताबद्ध बनाउन र कार्यकर्तालाई उत्साहित बनाउन सबै दलका नेताले सम्बोधन गर्ने गरी कार्यक्रम तय गरिएको हो ।

कार्यक्रममा प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँण, पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता रामचन्द्र पौडेल तथा महामन्त्री गगनकुमार थापा, नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणि खनाल ‘बलदेव’लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।