२३ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले जिम्बावे ‘ए’ लाई दियो १३७ रनको सामान्य लक्ष्य



अ+ अ-

काठमाडौँ । पहिलो एक दिवसीय खेलमा नेपालले जिम्बावे ‘ए’ लाई १३७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर सुरुआती ब्याटिङको निम्तो पाएको नेपाल ३१ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १३६ रन मात्र बनाउन सक्यो । नेपालको प्रदर्शन सुरुआतदेखि नै खराब रहेको थियो ।

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख क्रमशः १९ र ५ रनमै आउट भए । तेस्रो नम्बरमा ब्याटिङमा आएका आरिफ शेख पनि ५ रनमै आउट भएका थिए । नेपालको सुरुआती क्रम धरापमा परेपछि लामो पारी खेल्ने दबावमा परेका दीपेन्द्रसिंह ऐरीले पनि राम्रो प्रदर्शन गर्न सकेनन् । उनी १८ रनमा आउट भए ।

सोमपाल कामीले स्कोरबोर्डमा नेपाललाई १०० रन पुर्याउन सर्वाधिक ३० रन जोडे । त्यसपछिका करण केसीले २५ रन बनाउनुबाहेक अन्य कसैले दोहोरो अंक जोड्न सकेनन् ।

जिम्बावे ‘ए’ कालागि बलिङमा ब्राड इभान्सले सबैभन्दा धेरै ४ विकेट लिए । उनले २७ रन खर्चिन ८ दशमलव ३ ओभर बलिङ गरेका थिए । त्यस्तै भिक्टर न्याउची, ब्रान्डन माभुटा र चेपास जुवावोले २÷२ विकेट लिएका थिए ।

यो समाचार तयार पार्दासम्म ब्याटिङका लागि मैदानमा उत्रिएको जिम्बावे ‘ए’ ले ७ ओभरमा एक विकेटको क्षतिमा ४६ रन बनाएको छ ।