४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

मदन भण्डारी राजमार्ग : धरान–चतरा–सिन्धुली–हेटौँडा सडक अन्तिम चरणमा

मदन भण्डारी राजमार्ग : धरान–चतरा–सिन्धुली–हेटौँडा सडक अन्तिम चरणमा
अ+ अ-

बागमती । सरकारको मुख्य प्राथमिकतामा रहेको मदन भण्डारी राजमार्गअन्तर्गत (धरान–चतरा–सिन्धुली–हेटौँडा) सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

राजमार्गको पश्चिम खण्डको काम तीव्ररुपमा भइरहेको तथा हालसम्म ९६ प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको सडक डिभिजन कार्यालय हेटौँडाअन्तर्गत मदन भण्डारी राजमार्ग योजनाले जनाएको छ ।

सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यका जोड्दै पूर्व–पश्चिम राजमार्गका रुपमा वैकल्पिक मार्गका रुपमा हेरिएको राजमार्गको पश्चिम खण्डअन्तर्गत सिन्धुलीको भिमानदेखि हेटौँडासम्मको झण्डै ९६ प्रतिशत सडक निर्माण सम्पन्न भइसकेको योजनाका प्रमुख राजेन्द्रप्रसाद दासले जानकरी दिनुभयो ।

साथै सो राजमार्गको बाटोमा रहेको बागमती नदीमा पुलसमेत नौ वर्षपछि निर्माण भई सञ्चालनमा आएको छ । पश्चिम खण्डमा सिन्धुलीको कमलामाई नगरपालिकाको भिमानदेखि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ चौघडासम्मको कूल ११५ किलोमिटर लम्बाइ सडक रहेको छ ।

विसं २०७३ कात्तिकमा सम्झौता भएको उक्त राजमार्गको निर्माण गर्न विभिन्न समय अवधि थप भई २०७७ फागुनभित्र सम्पन्न गर्नुपर्नेमा कोरोना महामारीका कारण निर्माण अवधि पुनःथप गरी तीव्ररुपमा काम भइरहेको छ ।

राजमार्गको निर्माणको जिम्मा कालिका स्वच्छन्द ररकेन जेभी काठमाडौँ र पूर्वी खण्डको जेट आइइसो शर्मा एण्ड लामाजेभीले निर्माण काम गरिरहेको छ । एघार मिटर चौडाइ रहेको उक्त सडक दुई पक्षमा कालोपत्र भएको र यसमाथि सात मिटर चौडाइ दोस्रो लेयरमा कालोपत्र भएको उहाँले बताउनसभयो ।

सिन्धुलीको सदरमुकामस्थित कमलामाई नगरपालिका–४ खटारदेखि धुरा बजारको छ किमी सडक निर्माणमा लामो समयदेखि राजमार्ग अर्कोतिरबाट लैजानुपर्ने मागसहित अवरोध हुँदै आएको थियो । राजमार्गको नक्साङ्कनका विषयलाई लिएर झण्डै चार वर्ष अगाडिदेखि विवाद भई निर्माण हुन् नसकेको राजमार्गमा हाल विवाद समाधान गरी निर्माणको काम अन्तिम चरणमा पुगेको बताइएको छ ।

राजमार्गको पश्चिम खण्डअन्तर्गत सिन्धुली सदरमुकामस्थित धुरा बजारदेखि खटार क्षेत्रसम्मको छ किमी लम्बाइ रहेको उक्त सडकको चौडाइ घटाएर नौ मिटर मात्र कालोपत्र गर्ने सहमतिअनुसार निर्माणको काम भइरहेको छ । यस राजमार्गको अन्य क्षेत्रमा नालाबाहेक कालोपत्रमात्रै ११ मिटर गरिएको छ ।