२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै

बालबालिकाको आम्दानीको माध्यम बन्दै काफल

बालबालिकाको आम्दानीको माध्यम बन्दै काफल
अ अ+ अ-

डोटी । जिल्लाका विभिन्न जङ्गलमा यतिबेला काफल पाकेर राताम्मे भएका छन् । कुनै बेला स्थानीय नागरिकले मात्रै खाने तथा बाँकी रहेका काफल बाँदरले खाने गरेको भए पनि अहिले भने नागरिकले टिपेर धमाधम बिक्री गर्न थालेका छन् । यहाँका जङ्गलमा पाकेका काफल टिपेर स्थानीयवासीले बिक्री वितरणका लागि यहाँका राजमार्ग तथा बजारमा ल्याउन थालेका छन् । काफल टिपेर बिक्री गर्न थालेपछि यहाँका नागरिकको आम्दानीको गतिलो स्रोत बन्दै गएको छ ।

यतिमात्र नभई यहाँको एकमात्र प्रमुख पहाडी राजमार्ग भीमदत्त राजमार्गका विभिन्न सडकखण्डमा अहिले काफल बिक्री गर्नेहरूको ठूलो लाम लागेको देखिन्छ । उनीहरुले आफूले जङ्गलबाट टिपेर ल्याएका काफल एक किलोको रु २०० सम्म लिने गरेको भीमदत्त राजमार्गअन्तर्गत पर्ने गैरा बजारका मोहनबहादुर मल्लले बताउनुभयो ।

कोरोना महामारीका कारण गएको दुई वर्षदेखि काफल टिप्न, खान र बिक्री वितरण गर्न नपाएका यहाँ नागरिक अहिले भने आफ्नो खेतीपतीको काम छाडेर भए पनि जङ्गलमा काफल टिप्ने तथा बिक्री वितरण गर्ने गरेको बुडर बजारका अर्का स्थानीय भक्तबहादुर लामाले बताउनुभयो । यहाँका प्रायः सबै वन यतिबेला काफल पाकेर रातै देखिएका छन् । स्वादिष्ट फल काफल अहिले यहाँका स्कुले बालबालिकाका लागि पनि आम्दानीको राम्रो स्रोत बन्दै गएको स्थानीयवासी बताउँछन् । निम्न आयस्रोत भएका बालबालिकाले जङ्गलबाट काफल टिपेर ल्याउने र बिक्री गरी स्कुल खर्चको जोहो गर्न थालेको सहजपुर बजारमा काफल बिक्री गर्ने स्कुले बालक रमेश विकले बताउनुभयो । उहाँले भन्नुभयो, “स्कुलमा बिदा भएको छ, अब भर्ना गर्नुपर्छ पैसा छैन, यही काफल बिक्री गरेर स्कुल भर्ना गर्छौँ ।”

जिल्लाका राजमार्ग, प्रमुख व्यापारी केन्द्र दिपायल, सिलगढी, गैरा, बुडर, सहजपुर, धारापानी, मेलखोलालगायतका ठाउँमा अहिले काफल बेच्ने थुप्रै भेटिन्छन् । काफल पाक्न सुरु भएसँगै यहाँका राजमार्गलगायतका अन्य गाउँका बजारमा काफलको व्यापार बढ्न थालेको बडिकेदार गाउँपालिका–१ बिपीनगरका स्थानीयवासी रामसिंह देउवाले बताउनुभयो । उहाँका अनुसार अहिले यहाँका वन जङ्गलबाट काफल टिपेर ल्याई बजार तथा राजमार्गमा वृद्ध महिलादेखि स्कुले बालबालिका डालोमा काफल राखेर गिलासले नाप्दै प्रतिगिलास रु १५ देखि २० तथा किलोको रु २०० सम्ममा बिक्री गर्दै आएका छन् । बालबालिकाले काफल बिक्री गर्दै आफ्नो पढाइ खर्च जुटाउने गरेका छन् ।

काफलबाट राम्रै आम्दानी हुन थालेपछि यहाँका अधिकांश बालबालिका अहिले काफल टिपेर बिक्री गर्नतिर लागेको अर्का स्थानीय रमेश बोगटीले जानकारी दिनुभयो । यस वर्ष डोटीमा असिनापानी नपरेकाले जङ्गलमा काफल निकै भएको स्थानीय बताउँछन् ।

यस वर्ष काफल पनि निकै स्वादिलो र रसिलो भएको स्थानीयवासी बताउँछन् । सबैभन्दा महत्वपूर्ण कुरा त अहिले यहाँका स्कुले बालबालिकाले काफल टिपेर आफ्नो कापी किताबलगायतका अन्य सामग्री किन्ने गरेको अभिभावक बताउँछन् । अहिले डोटीसहित समग्र सुदूरपश्चिम क्षेत्रका पहाडी जिल्लामा काफल निकै फलेको स्थानीयवासी बताउँछन् । दिउँसो काफल टिपेर दोस्रो दिन बिहानैदेखि यहाँका जिल्ला सदरमुकामलगायत राजमार्ग र सडक क्षेउमा काफल बिक्री गर्न आउनेको भीड बढेको भीमदत्त राजमार्गअन्तर्गत सहजपुर बजारकी स्थानीय हीरादेवी बोगटीले बताउनुभयो ।

पर्याप्त मात्रामा काफल फलेको र ग्राहक पनि प्रायः यात्रु भएकाले बिक्री वितरणमा कुनै समस्या नभएको उहाँको भनाइ छ । अहिले उक्त राजमार्गमा यात्रा गर्ने प्राय सबैले काफल किनेर लैजाने गरेका छन् । यतिमात्र नभई यहाँका पहाडी जिल्लामा उत्पादन गरिएका काफल बिक्री वितरणका लागि कैलालीका धनगढी तथा अत्तरिया बजारसम्म पुग्ने गरेका छन् । पहाडमा रु २०० किलो पर्ने काफल कैलालीका बजारमा लगिएपछि त्यसको दोब्बरसम्म मूल्य पर्ने परेको कैलालीको अत्तरियाका स्थानीयवासी दिनेशबहादुर मल्लले बताउनुभयो । -बिमल बिष्ट /रासस
–––