२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्खुवासभामा कांग्रेसद्वारा २३ बागी उम्मेदवारलाई कारबाही



अ+ अ-

खाँदबारी । नेपाली कांग्रेस सङ्खुवासभाले पार्टीका बागी उम्मेदवारलाई निष्कासन गरेको छ । कांग्रेस सङ्खुवासभाले आज प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धन र पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका तथा प्रस्तावक र समर्थक बसेकालाई पार्टीबाट निष्कासन गरेको उल्लेख गरेको छ ।

सभापति दीपक खड्काले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने २३ जनालाई कारबाही गरेको जानकारी दिनुभयो । कारबाहीमा पर्नेमा धर्मदेवी नगरपालिकाका डम्बरकुमार पौडेल, राजु घिमिरे, भोलामान घिमिरे र नवराज भण्डारी, मादी नगरपालिकाका यादवचन्द्र खड्का, मकालु गाउँपालिकाका बालकुमार राई, मीनलाल राई, राजीव कटुवाल, दिपेश गुरुङ, धनबहादुर तामाङ, दिलीप तामाङ, आङरिन्जे शेर्पा, धनबहादुर तामाङ र दिलीप विक छन् ।

यस्तै पाँचखपन नगरपालिकाका सन्तोष बस्नेत, भरत बस्नेत, तिलक तामाङ, पूर्णबहादुर थापा, पुष्पबहादुर गुरुङ, सागर विक, कुमार राई, सलन राई र सन्देश याक्खालाई पनि कारबाही गरेको कांग्रेस सङ्खुवासभाले जनाएको छ । उनीहरुलाई पार्टीको विधान, २०१७ ९संशोधनसहित०को परिच्छेद ९, धारा ३४, १ (घ) बमोजिम कारबाही गरिएको हो ।