४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

कर्णालीको पर्यटन क्षेत्रबाट ४८ लाख राजस्व सङ्कलन

कर्णालीको पर्यटन क्षेत्रबाट ४८ लाख राजस्व सङ्कलन
अ+ अ-

कर्णाली । कर्णाली प्रदेशको पर्यटन क्षेत्रबाट रु ४८ लाख राजस्व सङ्कलन भएको छ । यहाँका विभिन्न पर्यटकीयस्थल घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकबाट उक्त राजस्व सङ्कलन भएको हो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा सबैभन्दा बढी आन्तरिक पर्यटक घुम्न आएका थिए । विसं २०७८ वैशाख–पुससम्म बुलबुले ताल दृश्यावलोकन गर्न एक लाख ५१ हजार २८२ आन्तरिक र ५५ बाह्य पर्यटक आएका थिए । उनीहरुबाट रु २१ लाख ७१ हजार राजस्व सङ्कलन भएको कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन विकास शाखाका प्रमुख देवकुमारी शाहीले जानकारी दिनुभयो ।

त्यस्तै २०७८ वैशाख–पुससम्म काक्रेबिहार घुम्न एक लाख ७४ हजार ३६९ आन्तरिक र १२ बाह्य पर्यटक आएका थिए । उनीहरुबाट रु ६ लाख १८ हजार राजस्व सङ्कलन भएको थियो । वीरेन्द्रनगरस्थित प्रादेशिक सहिद उद्यान पर्यटकीयस्थल घुम्न आउने १६ हजार २०० आन्तरिक पर्यटकबाट रु चार लाख ५० हजार राजस्व सङ्कलन भएको छ । गत चैतसम्म अपर कर्णालीको मुगु रारातालमा १३ हजार ११३ आन्तरिक र ६६ बाह्य पर्यटकले दृश्यावलोकन गर्दा रु नौ लाख ३३ हजार राजस्व सङ्कलन भएको छ । गत माघसम्म डोल्पाको शे–फोक्सुण्डो घुम्न आउने तीन हजार ४३८ आन्तरिक र ६१ बाह्य पर्यटकबाट रु तीन लाख ३१ हजार ८०० राजस्व सङ्कलन भएको शाहीले बताउनुभयो ।

साउन–मङ्सिरसम्म दैलेखको गुराँस गाउँपालिकाको गुराँसे भ्यूटावर हेर्ने आउने ६ हजार १४९ आन्तरिक पर्यटकबाट रु तीन लाख सात हजार राजस्व सङ्कलन भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशीले १० जिल्लाका पर्यटकीयस्थलको विवरण आउन बाँकी छ । “आगामी वर्ष २०७९/८० मा बाह्य पर्यटक आकर्षणका लागि ‘एक जिल्ला, एक पर्यटकीय उपज’ नीति लिएर पर्यटन प्रवद्र्धन र पूर्वाधारमा जोड दिएका योजना तथा कार्यक्रम बनाउँदैछौँ”, उहाँले भन्नुभयो, “पाँच ‘प’ पहुँच, प्रवद्र्धन, प्रचार, पूर्वाधार र पर्यावरणलाई पनि मियो बनाउने योजना छ ।” कर्णाली घुम्न आउने ६० वर्षमाथिको उमेरकालाई हवाई उडानमा रु एक हजार छुट दिनेबारे पनि छलफल भइरहेको जोशीले बताउनुभयो ।

प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामाले कर्णालीको पर्यटन विकास र आर्थिक समृद्धिका लागि नियमित हवाई उडान, कर्णाली र भेरी करिडोरको पूर्वाधार विकास भएकाले यसमा प्रदेश सरकारले आफ्नो अधिकार रहेर काम गर्नुका साथै सङ्घीय सरकारसँग पहल भइरहेको बताउनुभयो । प्रदेश सरकारले आगामी आवमा ती क्षेत्रको विकास गर्ने र कर्णालीमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउने योजना बनाउने गरी अगाडि बढेको मन्त्री लामाले बताउनुभयो ।