• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली ★   वीरगञ्जमा सिद्धार्थ बैंकमा भीषण आगलागी ★   ओलीसँगको भेटबारे देउवाको ब्रिफिङ: हाम्रो सम्बन्ध सकारात्मक र सुमधुर छ ★   रोहितको सन्याससँगै को बन्ला भारतको नयाँ टी–२० कप्तान ? ★   प्रधानमन्त्री र मन्त्रीहरु फेर्नका लागि मात्रै दुई प्रमुख दल मिल्ने कुरा संर्किण: काँग्रेस सांसद ★   सत्ता समिकरण फेरबदलको चर्चाबारे गृहमन्त्री– हल्ला मात्रै हो, मलाई थाहा छैन ★   किसानलाई आत्मनिर्भर बनाउन पाँच हजार बिरुवा वितरण ★   म्याग्दीका किसान टिम्मुर खेतीतर्फ आकर्षित ★   न्यायिक प्रणालीको विकास, समयको आवश्यकता र औचित्यताका आधारमा बजेट वितरण भएको छ: अर्थमन्त्री पुन ★   पशुपति क्षेत्र विकास कोष कार्यकारी निर्देशकमा जोशी

निर्वाचनमा भाग लिन गृहमन्त्रीको आग्रह



file

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा भाग लिन अहिलेसम्म निर्वाचनमा भाग नलिएका राजनीतिक दल र सम्पूर्ण आम नागरिकलाई आग्रह गर्नुभएको छ ।

बिहीबार सप्तरीको राजविराजमा आयोजित सुरक्षा गोष्ठीमा गृहमन्त्री खाणले आम नागरिक र राजनीतिक दलहरूलाई निर्वाचनमा भाग लिने वातावरण निर्माण गर्न स्थानीय प्रशासन र सुरक्षा निकाय लाग्नुपर्ने बताउनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

“आवधिक निर्वाचन लोकतन्त्रमा अपरिहार्य हो । म अहिलेसम्म निर्वाचनमा भाग नलिएका राजनीतिक दललाई यो निर्वाचनमा भाग लिएर नागरिकको सशक्तिकरण र विकास निर्माणको कार्यमा सहभागी हुन आग्रह गर्छु’’, गृहमन्त्री खाणले भन्नुभयो, “निर्वाचनमा सबैको सहभागिताका लागि स्थानीय प्रशासन र सुरक्षा निकायले वातावरण निर्माण गर्नुपर्छ ।’’

गृहमन्त्री खाणले सरकार स्थानीय तह निर्वाचन शान्ति पूर्णरूपमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

सीमित स्रोतसाधनको उपयोग गरेर निर्वाचनको सुरक्षा प्रबन्धबारे सुरक्षा निकाय र स्थानीय प्रशासनले गरेको तयारी प्रशंशायोग्य रहेको भन्दै गृहमन्त्री खाणले आगामी दिनमा पनि यो भन्दा राम्रो व्यवस्थापन स्थानीय प्रशासन र सुरक्षा निकायले निर्वाचनका सन्दर्भमा गर्नेमा आफू आशावादी रहेको बताउनुभयो ।

सुरक्षा गोष्ठीका सहभागीले निर्वाचनको तयारी चुस्तदुरुस्त रूपमा आफूहरूले गरिरहेको बताएका थिए ।