२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मुलुकको हित र संविधानको रक्षाका लागि गठबन्धन’



file
अ+ अ-

परासी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकको हित र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको बताउनुभएको छ । उहाँले कुनै दलसँग डराएर गठबन्धन दलबीच तालमेल नभएको स्पष्ट पार्नुभयो ।

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को संयुक्त गठबन्धनले आज नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेता शर्माले समाजको हितलाई सम्झेर स्थानीय निर्वाचनमा मतदान गर्न आग्रह गर्नुभयो । “मतदान गर्दा आफू, परिवार, समाज र नगरको हितलाई केन्द्रमा राखौँ, योग्य उम्मेदवारलाई नगरको साँचो सुम्पिऔँ”, उहाँले भन्नुभयो ।

माओवादी केन्द्रका नेता एवं लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले स्थानीय सरकारको अनुभूतिका लागि गठबन्धन बनाइएको बताउनुभयो । अघिल्लो स्थानीय तह निर्वाचनबाट जनअपेक्षा पूर्ण हुन नसकेको उहाँको भनाइ थियो ।