• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड गरिँदै ★   नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवामा सिफारिस ★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो ★   लखनउ जितको बावजुद प्लेअफ दौडबाट बाहिर, मुम्बई लगातार दोस्रो सिजन पुछारमा रह्यो ★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने

आरबीबी–एनभिए भलिबलः पुलिसको अपराजित यात्रा जारी



काठमाडौं । महिला तर्फको विभागीय टोली नेपाल पुलिस क्लबले राजधानीमा जारी छैटौं आरबीबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा अपराजित यात्रालाई निरन्तरता दिएको छ ।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सम्पन्न खेलमा नेपाल पुलिसले साविक विजेता न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई बिहीबार सोझो सेटमा पराजित गर्दै जित निकाल्दा आफ्नो तेस्रो खेलमा पनि जितलाई निरन्तरता दिएको हो । चोटका कारण कोर्ट बाहिर रहेकी प्रतिभा मालि बिनाको न्यु डायमन्ड पुलिसविरुद्ध सोझे सेटमा पराजित भएको हो । स्पष्ट जित निकाल्ने क्रममा पुलिसले न्यु डायमन्ड माथि २५–११, २५–१७, २५–१५ को स्कोर निकालेको थियो । जितसँगै पुलिसले आफुले खेलेको तीन खेल मध्ये सबै तीनै खेलमा जित हात पारेको छ । यस संगै पुलिसको लिगमा ९ अंक भएको छ । पुलिस शीर्ष स्थानमा रहेको छ । उता पराजित न्यु डायमण्डको यो लगातार तेस्रो हार हो । न्यु डायमन्डको अंक तालिकामा १ अंक नै रहेको छ । यस अघि भएको खेलमा न्यु डायमन्ड एभरेस्ट भलिबल क्लबसँग ३–२ को सेटमा पराजित हुँदा १ अंकको खाता खोलेको थियो ।

प्रतियोगिता अन्तर्गत बिहीबार नै सम्पन्न महिला तर्फको दिनको पहिलो खेलमा अर्को विभागीय टोली एपिएफले एभरेष्ट भलिबल क्लबलाई ३–१ को सेटमा पराजित ग¥यो । एपिएफले एभरेष्ट भलिबल क्लबलाई २५–१३, २५–१०, १९–२५, २५–१९ ले पराजित गरेको हो । एपिएफको तीन खेलबाट ६ अंक भएको छ । पहिलो खेलमा एपिएफ पुलिससँग पराजित भएको थियो भने दोस्रो खेलमा एपिएफले आर्मीमाथि ३–१ को सेटमा जित निकालेको थियो ।

राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजन रहेको भलिबल क्लब लिग अन्तर्गत बिहीबार सम्पन्न पुरुष तर्फको खेलमा गलकोट स्पोर्टस क्लब,हेल्प नेपाल र विभागीय टोली एपिएफले जित निकालेका छन् । राखेपको कोर्टमा सम्पन्न दिनको पहिलो खेलमा गलकोटले ढोरपाटन स्पोर्टस क्लबलाई ३–२ सेटमा पराजित गर्दै अंक बाँड्न बाध्य भयो । गलकोटले ढोरपाटनलाई २३–२५, २५–१५, १८–२५, २५–२२, १५–८ ले पराजित गरेको हो । गलकोटको यो जित संगै २ अंक भएको छ भने ढोरपाटनको १ अंक भएको छ । यस्तै अर्को खेलमा हेल्प नेपाल स्पोर्टस क्लबले अर्को विभागीय टोली नेपाल पुलिस क्लबमाथि ३–० को सेटमा जित निकाल्यो । हेल्प नेपालले पुलिसमाथि २५–२३, २५–२३ र २५–२० को जित निकाल्दै स्पष्ट ३ अंक जोड्न सफल भएको हो । यस संगै हेल्प नेपालको ११ अंक भएको छ भने शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको १२ अंक छ ।

प्रतियोगितामा शुक्रबार पनि महिला तर्फ एक र पुरुष तर्फ तीन गरी कुल चार खेल हुनेछन् । महिला तर्फको प्रतिस्पर्धामा न्यु डायमन्ड स्पोटर््स क्लबले एपिएफको सामना गर्नेछ भने पुरुष तर्फ हेल्प नेपाल र गल्कोट स्पोटर््स क्लब, दोस्रो खेल त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब तथा तेस्रो खेल एपिएफ र ढोरपाटन स्पोर्ट्स क्लबबीच हुनेछ ।