४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

नेप्से परिसूचक ३७ अङ्कले ओरालो लाग्यो

नेप्से परिसूचक ३७ अङ्कले ओरालो लाग्यो
अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ३७।०६ अङ्कले ओरालो लागेर दुई हजार २३८।६२ अङ्कमा ओर्लिएको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४।३४ अङ्कले ओरालो लागेर ४३२।५५ मा सीमित भएको छ । कूल २३२ कम्पनीको ४६ लाख ७४ हजार ९४० कित्ता शेयर रु एक अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४७३ बराबरको कारोबार भयो ।

कारोबार भएका कूल १३ उपसमूहको शेयर नै ओरालो लागेको छ । नेप्सेका अनुसार बैंकिङ १६, व्यापार ४९।४९, होटल तथा पर्यटन ५९।१३, विकास बैंक ८८।४४, जलविद्युत् ६६।८१, वित्त ४८।१९, निर्जीवन बीमा २६५।४२, उतपादन ५६।२६, अन्य २०।२८, लघुवित्त ७३।३७, जीवन बीमा २६०।१५, सामूहिक लगानी कोष ०।१३ र लगानी १।६२ अङ्कले ओरालो लागेको छ ।

कारोबारका भएका मध्ये पाँच कम्पनीको मात्रै शेयर मूल्य उकालो लागेको छ भने १८८ कम्पनीको शेयर भने ओरालो लागेको देखिन्छ । थप कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । बिहीबारको कारोबारका आधारमा बजार पूँजीकरण रु ३१ खर्ब ८४ अर्ब ७६ करोड ९५ लाख २४ हजार ९४८ बराबर रहेको छ ।

कारोबारका आधारमा सूर्य लाइफ इन्स्योरेन्स कम्पनी शीर्षस्थानमा छ । सो कम्पनीको रु आठ करोड ४५ लाख ८७ हजार २३२ बराबरको कारोबार भयो । त्यस्तै एनआइसी एशिया बैंक रु छ करोड ७३ लाख ६१ हजार ६३६, नबिल बैंक रु चार करोड ५२ लाख नौ हजार ४०७, हिमालयन डिस्टिलरी रु चार करोड ४४ लाख ६५ हजार १९० र अरुण भ्याली हाइड्रोपावर कम्पनी रु चार करोड १२ लाख ५६ हजार ८३९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार ओरालो लागेको बजारमा जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । एनआइसी एशिया सेलेक्ट फण्ड १।८४, आरएमडिसी लघुवित्त १।२७, कालिका पावर कम्पनी ०।९८ र ङादी ग्रुप अफ पावरका लगानीकर्ताले ०।७१ प्रतिशतले कमाए ।

त्यस्तै घलेम्दी हाइड्रो पावर ६।८६, मैलुङखोला जलविद्युत् कम्पनी ६।८१, शिवश्री हाइड्रोपावर ६।६३, युनियन हाइड्रोपावर ६।५३ र ग्रीन भेञ्चर लिमिटेडका लगानीकर्ताले ६।३२ प्रतिशतले गुामए ।