१४ आश्विन २०८१, सोमबार
,
Latest
तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा रु एक करोड सहयोगको घोषणा राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित वर्षाजन्य विपद्: ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध धादिङ र काभ्रेका सीडीओ फेरिए अमेरिका भ्रमण पूरा गरेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक, मानवीय र भौतिक विकासका दृष्टिले बुटवल केन्द्र बन्छ- विष्णु पौडेल



file
अ+ अ-

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आर्थिक, मानवीय र भौतिक विकासका दृष्टिले बुटवल केन्द्र बन्ने बताउनुभएको छ ।

आज बुटवलमा उद्योगी व्यवसायीको भेलालाई सम्बोधन गर्दै उहाँले सञ्चालनमा रहेका योजना पूरा हुँदा बुटवलले नयाँ उचाइ हासिल गर्ने बताउनुभयो । “भौतिक र मानवीय विकासमा रुपन्देही अगाडि छ । अरु ठाउँले यहाँबाट सिक्नुपर्छ । अब यहाँ धेरै गर्नुपर्ने केही छैन, यहँ सुरु भएका योजना सम्पन्न भएमात्र हुन्छ”, उहाँले भन्नुभयो ।

पूर्वअर्थमन्त्रीसमेत रहनुभएका उपाध्यक्ष पौडेलले आफू अर्थमन्त्री भएका बेला निजी क्षेत्र उत्साहित हुने खालको बजेट ल्याएको स्मरण गर्दै कोभिड महामारीका बेला पनि अर्थतन्त्र कमजोर हुन नदिएको बताउनुभयो । “हामीले बजेट ल्याउँदा सारा उद्योग व्यवसायीले प्रशंसा गरे । संस्थागतरूपमा त्यो तहको समर्थन बिरलै प्राप्त हुन्छ”, उहाँले भन्नुभयो ।

उहाँले अर्थतन्त्रलाई अगाडि बढाउन सरकार, सहकारी र निजी क्षेत्रबीच समन्वय हुनुपर्ने उल्लेख गर्दै निजी क्षेत्र अनुकूलको वातावरण बनाउन एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताउनुभयो ।