६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

कांग्रेसको प्रतिस्पर्धी एमाले हो, माओवादी होइनः वरिष्ठ नेता पौडेल

कांग्रेसको प्रतिस्पर्धी एमाले हो, माओवादी होइनः वरिष्ठ नेता पौडेल
फाईल फोटो
अ+ अ-

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको प्रतिस्पर्धी नेकपा (एमाले) भएको बताउनुभएको छ ।

आज यहाँ आयोजित पाँच दलीय गठबन्धनको आमसभालाई सम्बोद्धन गर्दै उहाँले नेकपा (माओवादी केन्द्र) कांग्रेसको प्रतिस्पर्धी नभएको बताउनुभएको हो । “माओवादी केन्द्रसँग सहकार्य गर्नु पार्टीको आवश्यकता छ”, उहाँले भन्नुभयो, “पार्टी सभापति शेरबहादुर देउवाले भन्दा पहिला मैले गठबन्धनको प्रस्ताव गरेको हुँ ।”

वरिष्ठ नेता पौडेलले एमालेसहितका दलका गठबन्धन प्रतिक्रियावादी भएको आरोप लगाउँदै आफूहरूको गठबन्धनलाई प्रगतिशील भएको बताउनुभयो । “संविधानले नै गठबन्धनबाट सरकार बनाउन सक्ने गरी व्यवस्था गरेको छ”, उहाँले भन्नुभयो, “अरुसँग गठबन्धन गर्नुभन्दा माओवादीसहितका दलहरूसँग गठबन्धन गर्नु उपयुक्त हुन्छ ।”

वरिष्ठ नेता पौडेलले गठबन्धनका कारण सङ्घीय र प्रदेशमा सरकार बनेको भन्दै स्थानीय तहमा पनि गठबन्धनले जित्नुपर्नेमा जोड दिनुभयो । उहाँले संसदीय निर्वाचनसम्म पनि गठबन्धन हुने दाबी पनि गर्नुभयो । गठबन्धनको माध्यमबाट बिपीको सपना साकार हुने बताउँदै उहाँले भरतपुर महानगरलाई काँचुली फेर्ने गरी विकास गर्न गठबन्धन आवश्यक भएको उल्लेख गर्नुभयो ।

जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले पाँच दलीय गठबन्धनलाई देशैभरि जिताउनुपर्ने बताउनुभयो । “सङ्घीयता विरोधी फैलाइएका भ्रम चिर्नका लागि पाँच दलीय गठबन्धन जिताउनुपर्छ”, उहाँले भन्नुभयो, “पाँच वर्षभित्र के गर्न सकिन्छ, त्यो भनेर गर्नुपर्दछ ।”

कांग्रेसका सहमहामन्त्री महालक्ष्मी डिना उपाध्यायले पाँच दलीय गठबन्धनका दलहरुले इमान्दारितापूर्वक उम्मेदवार जिताउन लाग्नुपर्ने बताउँदै भरतपुर महानगरको प्रमुखमा महिला उम्मेदवार पाएकोमा आम महिलाका लागि खुसीको कुरा भएको उल्लेख गर्नुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भइसकेको भन्दै विसं २०४६ पछि कांंग्रेससँगको गठबन्धन सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेस सहभागी नभएको कुनै पनि गठबन्धन सफल भएको छैन, अहिलेको गठबन्धन सफल हुन्छ ।”

कांग्रेसका अर्का केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ र कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले विगतमा झै कांग्रेसलाई धोका नदिन गठबन्धनका नेताहरूलाई अनुरोध गर्नुभयो । अन्तिम समयसम्म भरतपुर महानगरमा आफ्नो पार्टीको प्रमुख हुनुपर्ने माग रहेको भए पनि अब गठबन्धनको उम्मेदवार जिताउने एजेण्डा लिएर मतदाताकहाँ पुग्ने बताउनुभयो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवार रेनु दाहालले आफू आउँदो पाँच वर्षसम्म साझा प्रमुखका रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।