६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

तीव्रगतिमा सवारी साधन गुडाउन र अर्कोलाई उछिन्ने काम नगर्न ट्राफिक प्रहरीको आग्रह

तीव्रगतिमा सवारी साधन गुडाउन र अर्कोलाई उछिन्ने काम नगर्न ट्राफिक प्रहरीको आग्रह
अ+ अ-

बनेपा । बुधवार बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ बढुबेँसीमा भएको सवारी साधन दुर्घटनामा पाँच जनाको ज्यान गएपछि प्रहरीले चालक र सहचालकका लागि सचेतना अभियान थालेको छ ।

चालक र सहचालकको असावधानीका कारण हुने गरेको दुर्घटना न्युनीकरणका लागि जिल्लाका प्रहरी र ट्राफिक प्रहरीले चालक र सहचालकलाई सडकमै सचेत गराउन थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख चक्रराज जोशीले बताउनुभयो । सवारी चालक र सहचालक सचेत भएर सवारी चलाउन आग्रह गर्दै उनीहरुलाई तीव्रगति, अनावश्यकरूपमा उछिन्ने प्रवृत्ति र प्रतिस्पर्धा गरी सवारी चलाउने काम नगर्न सचेत गराइएको हो ।

जिल्लाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयले आज बिहानदेखि बिपी राजमार्गअन्तर्गत धुलिखेलको काभ्रेभञ्ज्याङमा सुरक्षा जाँचको कामलाई तीव्र पारेको छ । “ एकछिनको तीव्रगतिको हँकाइका कारण अकालमा ज्यान जानसक्ने भएकाले हरेक यात्रुलाई सुरक्षित तवरले गन्तव्यसम्म पुर्याउनु मेरो जिम्मेवारी हो भन्ने चालकले सोचेर सवारी साधन चलाउन आवश्यक छ”, प्रहरी प्रमुख जोशीले भन्नुभयो ।

गतिलाई ध्यान दिनुस्, एउटा सवारीदेखि अर्को सवारीसाधनबीचमा रोक्ने बेलाको दूरीमा ध्यान दिँदै हतार नगरी चलाउनुस्, बुधबार भएको दुर्घटना पनि छिटो र हतारका कारण भएको भन्दै उहाँले हरेक चालक र सहचालकलाई ट्राफिक नियम पालना गर्न र यात्रुलाई गन्तव्यसम्म सुरक्षित तवरले पु¥याउने काममा जिम्मेवार बन्न आग्रह गर्नुभयो ।

चालक तथा सहचालकलाई राजमार्गमा तीव्रगतिमा सवारी साधन नचलाउन, प्रतिस्पर्धा नगर्न, ओभरटेक नगर्न र धेरै लामो दूरीको सवारी साधन चलाउँदा ठाउँ–ठाउँमा रोकेर आराम गरेर मात्रै चलाउन जोड दिँदै प्रहरी प्रमुख जोशीले यस्तो भएको नपाइए कडा कारबाही गर्न मातहतका प्रहरी एकाइ र ट्राफिक प्रहरीलाई निर्देशन दिएको जानकारी दिनुभयो । सो घटनापछि जिल्लाका सबै क्षेत्रमा सवारी चालक र सहचालकलाई सचेत गराउन सुरक्षा जाँचको कामलाई तीव्रता दिएकोे छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजेश सिलवालले हरेक सवारीे चालक र सहचालकलाई हतार नगरी चलाउन, सिटबेल्ट अनिवार्य प्रयोग गर्न आग्रह गर्दै यात्रुलाई पनि चालकले मादक पदार्थ सेवा गरी सवारी साधन चलाएको थाहा पाएमा ठाउँ–ठाउँमा रहेका प्रहरी तथा ट्राफिक प्रहरीलाई जानकारी गराउन आग्रह गर्नुभयो ।

बुधवार भएको दुर्घटनाका विषयमा छानबिन गर्न प्रहरी नायब उपरीक्षक हरि खतिवडाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालयका अधिकृत रामप्रसाद भट्टराई र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सिलवाल रहेको समिति गठन गरी घटनाका बारेमा थप अनुसन्धान कार्य अगाडि बढाइएको छ।उक्त घटनामा परी पाँच जनाको मृत्यु हुनाका साथै १८ घाइते भएका थिए । घाइतेमध्ये १४ को धुलिखेल अस्पतालमा उपचारपश्चात् घर फर्किसकेको र चार जनाको अझै उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस