२ पुष २०८२, बुधबार
,
Latest
ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो कार्बन व्यापारलाई दीर्घकालीन सहायक लाभको रुपमा लिनुपर्छः विज्ञहरु वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता घरमा ढुङ्गा खस्दा चार जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेरबहादुरजीले भन्दा पहिले मैले नै गठबन्धनको आह्वान गरेको हो – वरिष्ठ नेता पौडेल



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानकै चाहनाअनुसार संयुक्त सरकार बनेको दाबी गरेका छन् ।

पाँच दलीय गठबन्धनले बिहीबार चितवनको भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

नेता पौडेलले भने ‘संविधानको चाहना र मागर्दशनबाट आज संयुक्त सरकारको यो गठबन्धनको आवश्यकता देशलाई परेको छ । मलाई साथीहरुले भन्नुहुन्छ, त शेरबहादुरसँग मिल्न गएर उसकै लाइनमा गइस् । म भन्छु त्यसो होइन, शेरबहादुरजीले भन्दा पहिले मैलो गठबन्धनको आह्वान गरेको हुँ ।’

यस्तै, एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीप्रति आरोप लगाउँदै उनले भने ‘अहिले केपी ओली निरंकुशतातर्फ बढ्दै थिए, जनमतलाई घोर दुरुपयोग गरेर संपूर्ण शक्ति हातमा लिई मुलुकमा तानाशाही लाद्न खोजेको अवस्थामा कांग्रेसको विरोध एमाले पार्टीसँग हो, प्रचण्डको पार्टीसँग कांग्रेसको विरोध होइन ।’

नेपाली कांग्रेसको प्रतिस्पर्धा माओवादी केन्द्रसँग नभई नेकपा एमालेको केपी ओली प्रवृत्तिसँग हो भन्दै उनले नेपालको लोकतन्त्र, राजनीतिक स्थिरतालाई खलबल्याउन केपी ओली निमित्त नायक बनेको आरोप लगाए ।

“केपी ओलीले जसरी मुलुकलाई अस्थिर दिशातिर लागेका छन् त्यसलाई अन्त्य गर्न माओवादीसँग सहकार्य गर्नु आजको परिस्थिति हो”, उनले भने ।

नेता पौडेलले चितवनको चुनाव राष्ट्रिय चर्चाको विषय भएको र नेपाली कांग्रेसकै केही साथीहरुले प्रश्न उठाएको बताए ।

“मैले केही कुरा गरौँ भन्दा असन्तुष्ट साथीहरु धैर्य राख्न नसकेर चाँडै फर्कनुभयो”, उनले भने, “उहाँहरुले भावना र उत्तेजनामा असन्तुष्टि व्यक्त गर्नुभयो ।”