६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

नेपाली परम्परागत खाना सातै प्रदेशमा प्रवर्धन गर्नुपर्नेमा हानको जोड

नेपाली परम्परागत खाना सातै प्रदेशमा प्रवर्धन गर्नुपर्नेमा हानको जोड
अ+ अ-

काठमाडौँ । मुलुकका सातै प्रदेशमा नेपाली परम्परागत मौलिक खानालाई प्रवर्धन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । सेफ्स एशोसिएशन अफ नेपालको २८औँ वार्षिकोत्सव एवं राष्ट्रिय सेफ दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा एशोसिएशनका अध्यक्ष श्याम लामाले सातै प्रदेशमा यो कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले नेपाली खानालाई अन्तर्राष्ट्रियस्तरसम्म फैलाउन साना होटलदेखि तारे होटलसम्म नेपाली खानाको मेनु राख्नुपर्ने बताउनुभयो । “नेपाली खानालाई विश्वमाझ फैलाउने काम नेपाली सेफकै हो, यसका लागि होटल व्यवसायी र सेफ एकजुट भएर अगाडि बढ्नुपर्छ”, अध्यक्ष लामाले भन्नुभयो । नेपाली आन्तरिक हवाइ उडानमा समेत नेपाली खानाको प्रवर्धन गर्नुपर्ने उहाँको सुझाव थियो ।

होटल एशोसिएशन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले नेपाली परम्परागत एवं मौलिक खानामार्फत पर्यटन प्रवद्र्धनमा लाग्नका लागि नेपाली सेफहरूको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले नेपाली खानालाई देश–विदेशमा प्रवद्र्धन गर्नका लागि हान एशोसिएशनसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको बताउनुभयो । आलीबाट थालीसम्मका अभियान्ता लक्ष्मणप्रसाद भण्डारीले १२७ प्रकारका खानालाई व्यावसायीकरण गर्नसके मुलुकमा खानामार्फत पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भन्नुभयोे ।

विसं २०५३ वैशाख २२ गते स्थापना भएको एशोसिएशनले विसं २०७२ मा सेफ्स एशोसिएशन फाउण्डेशन दर्ता गरी होटल तालिम प्रदान गर्दै आइरहेको छ । उक्त फाउण्डेशनका कार्यकारी निर्देशक रेशम लामाले हालसम्म ५०० भन्दा बढी विद्यार्थीलाई होटल तालिम प्रदान गरिसकिएको बताउनुभयो । एशोसिएशनले होटल म्यानेजमेन्ट पढेका विद्यार्थीलाई ‘फुड सेफ्टी’ र कार्यक्षेत्रको सुरक्षासम्बन्धी अल्पकालीन तालिमसमेत प्रदान गर्दै आएको छ ।

एशोसिएशनका पूर्वअध्यक्ष रत्नबहादुर थापा, गोविन्दनरसिंह केसी, श्रीराम अधिकारी, खड्गविक्रम लामालगायतले सीकेको सीपलाई हस्तान्तरण गर्दै नेपाली होटलमा नेपाली सेफ नै प्रयोग गर्ने वातावरण निर्माणमा एशोसिशसन लाग्नुपर्नेमा जोड दिनुभयो । एशोसिएशनको तथ्याङ्कानुसार हाल नेपालका होटलमा ६० प्रतिशत नेपाली र ४० प्रतिशत विदेशी सेफ कार्यरत छन् ।

कार्यक्रममा सन् २०१५ मा चीनमा सम्पन्न चाइनिज कुजिङ वल्र्ड च्याम्पियन विजेता सेफ रेशमकुमार लामा तामाङ, पदम आलेमगर, कृष्णकाजी बस्नेत र सुवर्णमान कर्माचार्यलाई सम्मान गरिएको थियो ।यस्तै सेफ पेशामा २५ वर्ष पूरा गरेका वरिष्ठ सेफ र एशोसिएशनका पूर्वअध्यक्षलाई समेत सोही अवसरमा सम्मान गरिएको थियो । एशोसिएशनको स्थापना दिवसका अवसरमा विभिन्न जातजातिका खानालाई समेटेर ‘खाना महोत्सव’ समेत गरिएको थियो ।