२० माघ २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘रेनुजी तपाईले जित्यौं भने भन्ने होइन, भरतपुरमा तपाईको टिमको जित सुनिश्चित छ’



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहालको जित सुनिश्चित रहेको बताएका छन् ।

पाँच दलीय गठबन्धनले बिहीबार चितवनको भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

महानगरपालिकामा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रका रेनु दाहालले आगामी निर्वाचनामा जित्यौँ भने भन्ने वाक्यप्रति उनले जित सुनिश्चित भएको बताएका हुन् ।

विगतका निर्वाचनमा पनि नेपाली कांग्रेससँग गठबन्धन गर्ने दलले जित हासिल गरेको उल्लेख गर्दै उनले यसपालि पनि गठबन्धनको जित सुनिश्चित भएको बताए ।

कांग्रेसका केही साथीहरुमा केही चिन्ता भए पनि विचलित नहुन उनले आग्रह गरे ।