२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गराउने सरकारको दायित्व हो : गृहमन्त्री खाण



अ+ अ-

राजविराज । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्ने दायित्व सरकारको हो भन्नुभएको छ ।

सप्तरीको राजविराजमा नेपाली कांग्रेसका कार्यकर्तासँगको भेटघाटमा आज उहाँले स्थानीय तह निर्वाचनलाई स्वच्छ र निष्पक्ष ढङ्गबाट सम्पन्न गराउन सुरक्षा निकायलाई निर्देशन पनि दिनुभयो । गृहमन्त्री खाणले लोकतन्त्रलाई मजबुत बनाउनका लागि आगामी वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मैत्रीपूर्णरूपमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह पनि गर्नुभयो ।

निर्वाचन सम्पन्न भएपछि देशले परिर्वतनको गति लिने भन्दै नेपाली कांग्रेस लोकतन्त्रको रक्षा गर्ने पार्टी भएको बताउनुभयो । गृहमन्त्री खाणले मुलुकमा लोकतन्त्रको सुदृढीकरणका लागि कांग्रेसलाई मत दिन आग्रह पनि गर्नुभयो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य दिनेशकुमार यादवले आगामी निर्वाचनमा समग्र नागरिकका एजेण्डालाई समेटेर अघि बढेकोले निर्वाचनपछि मुलुकको सबैभन्दा ठूलो दल बन्ने जिकिर गर्नुभयो ।