३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गराउने सरकारको दायित्व हो : गृहमन्त्री खाण



अ+ अ-

राजविराज । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्ने दायित्व सरकारको हो भन्नुभएको छ ।

सप्तरीको राजविराजमा नेपाली कांग्रेसका कार्यकर्तासँगको भेटघाटमा आज उहाँले स्थानीय तह निर्वाचनलाई स्वच्छ र निष्पक्ष ढङ्गबाट सम्पन्न गराउन सुरक्षा निकायलाई निर्देशन पनि दिनुभयो । गृहमन्त्री खाणले लोकतन्त्रलाई मजबुत बनाउनका लागि आगामी वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मैत्रीपूर्णरूपमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह पनि गर्नुभयो ।

निर्वाचन सम्पन्न भएपछि देशले परिर्वतनको गति लिने भन्दै नेपाली कांग्रेस लोकतन्त्रको रक्षा गर्ने पार्टी भएको बताउनुभयो । गृहमन्त्री खाणले मुलुकमा लोकतन्त्रको सुदृढीकरणका लागि कांग्रेसलाई मत दिन आग्रह पनि गर्नुभयो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य दिनेशकुमार यादवले आगामी निर्वाचनमा समग्र नागरिकका एजेण्डालाई समेटेर अघि बढेकोले निर्वाचनपछि मुलुकको सबैभन्दा ठूलो दल बन्ने जिकिर गर्नुभयो ।




भर्खरै