११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत चाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकी रहेका विकास र पूर्वाधारका कामलाई अगाडि बढाउने रेनु दाहालको प्रतिबद्धता



अ+ अ-

चितवन । भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनु दाहालले पाँच वर्ष अघि नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार भई विजयी हुँदा गरेका प्रतिबद्धता धेरै पूरा गरेको बताउनुभएको छ ।

भरतपुरमा बिहीबार सुरु भएको पाँच दलीय गठबन्धनको चुनावी सभामा उहाँले पछिल्लो पाँच वर्षमा जनता र प्रतिपक्षीको अगाडि आँखामा आँखा जुधाएर गर्व गर्न लायक काम गरेको दावी गर्नुभयो ।

यो बीचमा विकासका थुप्रै काम अगाडि बढाएको, विकास र पूर्वाधारको क्षेत्रमा स्मार्ट सिटीका रुपमा गुरुयोजना बनाएको र त्यही गुरुयोजनाअनुसार आवश्यक पूर्वाधार र योजना तयार गरेर अगाडि बढेको बताउनुभयो ।

उहाँले भोलिका दिनमा पनि गठबन्धनको साझा उम्मेदवारका रुपमा अगाडि बढ्ने र बाँकी रहेका विकास र पूर्वाधारका कामलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।




भर्खरै