• ११ असार २०८१, मंगलवार
  •      Tue Jun 25 2024
  •   Unicode
Logo
Latest
★   काली नदी पूर्वका सबै भूभाग नेपालको रहेकामा स्पष्ट छौँः प्रधानमन्त्री ★   रासिद खानले बनाए विश्व कीर्तिमान ★   ‘सव-टाइटल ट्यालेन्ट ड्रेसेज फोटोजेनिक पुरस्कार’ फलेंसालाई ★   वन्यजन्तुले मकै सखाप पारेपछि उदयपुरका किसान केराखेतीमा आकर्षित ★   क्रिमियामा अमेरिका संलग्न मिसाइल आक्रमणको बदला लिने रुसको चेतावनी ★   मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग परिचालन हुन्छ: प्रधानमन्त्री ★   मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सांसद यादवको माग ★   २०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधरणले सजिलै भेट्ने गरी वेबसाइटमा राखौँ: महेश बर्तौला ★   विदेशमा अप्ठेरोमा परेका नेपालीहरूको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको छ : प्रधानमन्त्री ★   बजुरामा नुन अभाव छैन: साल्ट ट्रेडिङ

अफगानिस्तानको बाघलान र बाघिस प्रान्तमा बाढीका कारण आठ जनाको मृत्यु



पुल्खुमरी । अफगानिस्तानको उत्तरी बाघलान र पश्चिमी बाघिस प्रान्तका केही भागमा बुधबार आएको बाढीमा परी आठ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १३ जना घाइते भएका छन् ।

उत्तरी बाघलान प्रान्तको दहनाघोरी जिल्लामा बुधबार राति आएको अविरल वर्षा र आँधीका कारण कैयौं गाउँमा आएको बाढीमा परी चार जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन् ।

बाढीले करिब ९०० घरलाई पनि नराम्ररी क्षति पुर्याएको वा बगाएको अधिकारीले बताएका छन् । बुधबार राति आएको बाढीका कारण करिब ९ हजार एकड खेतबारीमा क्षति पुगेको अधिकारीले जानकारी दिए ।

त्यसैगरी, बुधबार पश्चिमी बाघिस प्रान्तको कादिस र घोरमाच जिल्लाहरूमा भीषण बाढीले दुई बालबालिकासहित चार जनाको ज्यान गएको र पाँच जना घाइते भएको प्रान्तीय प्रशासनका अधिकारी मौलावी बरिदाद साबिरीले जानकारी दिएका छन्।

अधिकारीहरुका अनुसार मङ्गलबार पनि उत्तरी फर्याबमा दुई जनाको र पूर्वी परवान प्रान्तमा दुई जनाको बाढीले ज्यान लगेको छ। राजधानी काबुललगायत युद्धग्रस्त अफगानिस्तानका केही भागमा मङ्गलबार र बुधबार मुसलधारे पानी परेको छ ।