६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

बेलवास–बेथरी सडकलाई राजमार्गमा जोड्न मतदाताको माग

बेलवास–बेथरी सडकलाई राजमार्गमा जोड्न मतदाताको माग
अ+ अ-

बुटवल । बुटवल–१३ का मतदाताले बेलवास–बेथरी सडकखण्डलाई बेलवासको झोलुङगेपुलसम्म जोड्न माग गरेका छन् ।

पर्यटन मार्गको रूपमा निर्माणाधीन वेलवास–वेथरी सडकखण्डको नामसँग वेलवास जोडिए पनि सडक नहरपुरसम्म मात्रै विस्तार भएकाले त्यसलाई पूर्वपश्चिम राजमार्गको बेलवास झोलुङ्गेपुल चोकसम्म जोड्न उनीहरुले आग्रह गरेका हुन् ।

स्थानीय तह निर्वाचन प्रचारका लागि घरदैलो कार्यक्रममा पुगेका एमालेका तर्फबाट नगरप्रमुख पदका उम्मेदवार बाबुराम भट्टराईसमक्ष स्थानीयवासीले बेलवास–वेथरी पर्यटन सडक निर्माण सम्पन्न हुने चरणमा रहेकाले यसलाई नहरपुरचोकबाट विस्तार गरेर राजमार्गसम्म ल्याउन माग गरेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बुटवल, ऐतिहासिक नुवाकोटगढी, पाल्पा हुँदै पोखरा जाने यात्रुका लागि समेत यो सडक छरितो हुने भएकाले यसलाई छिटो राजमार्गसँग जोड्न उनीहरुले माग गरेका हुन् ।

उनीहरूले वडाका सबै टोलमा खुला व्यायामशाला निर्माण गर्न, पाणिनी उद्यानका लागि यथेष्ट बजेट विनियोजन गर्न, विपन्न परिवारका कम्तीमा एक जना सदस्यका लागि रोजगारीको व्यवस्था गर्न माग गर्नुभयो । यसैगरी सामाजिक सुरक्षा भत्ता कार्यक्रम अत्यन्तै प्रभावकारी रहेकाले यसलाई अझ व्यवस्थित गर्न उनीहरुले माग गरेका छन् । वृद्धवृद्धाहरूको नियमित स्वास्थ्य जाँचको व्यवस्था मिलाउन, उनीहरूको मनोरञ्जनका लागि खुला मनोरञ्जन क्षेत्र बनाउनसमेत मतदाताले आग्रह गर्नुभयो । उनीहरुले टोलटोलमा सामूहिक लगानीमार्फत सामूहिक आम्दानी हुने खालका कार्यक्रम ल्याउन उम्मेदवार भट्टराईसमक्ष आग्रहसमेत गर्नुभयो ।

मतदाताका मागलाई सम्बोधन गर्दै उम्मेदवार भट्टराईले स्थानीयवासीले उठाएका मुद्दा आफूहरुले घोषणापत्रमा लिपिबद्ध गरेर सार्वजनिक गरेको भन्दै आम मतदाताका चाहनासँग आफ्नो घोषणापत्र मेल खाएकामा खुसी व्यक्त गर्नुभयो । बेलवास–बेथरी सडकखण्डलाई राजमार्गसँग जोड्ने विषय छिट्टै सम्बोधन हुने उहाँले बताउनुभयो ।

घरदैलो कार्यक्रममा एमालेका तर्फबाट उपप्रमुख पदका उम्मेदवार सावित्रा अर्यालले नगरवासीको चाहनाअनुसार काम गर्ने प्रतिबद्धता जनाउनुभयो । बुटवल १३ बाट वडाध्यक्ष पदका उम्मेदवार शोभाखर पोखरेलले सुशासनलाई धयानमा राखेर इमान्दारिताका साथ वडावासीको चाहना पूरा गर्ने काममा लाग्ने प्रतिबद्धता जनाउनुभयो ।